
केवालानी। वर्गदवा टोल बिकास संस्था तिलोत्तमा-७ रुपन्देहीको सहयोगमा ईलाका प्रहरी कार्यालय मंगलापुरको सरसफाई तथा मर्मत सम्भार गरिएको छ। टोलका अध्यक्ष नारायण पंगेनीका अनुसार जेन्जी आन्दोलनका क्रममा तोडिएका , जलाइएका सामाग्री को सरसफाई तथा भवनको मर्मत सम्भार गरिएको जानकारी दिएका छन।
जेन्जी आन्दोलनका क्रममा लागेको आगोबाट विभिन्न सामान जल्दा कार्यालयको भौतिक संरचनासगै विद्युतीय सामाग्री समेत क्षति भएको प्रहरीले जनाएको हो। आगलागीबाट पुर्ण रुपमा क्षति भएपछी कामकाजलाई असहज भएकोले सरसफाई कार्य गरिएको टोलका अध्यक्ष नारायण पंगेनीले बताए। आगो र तोडफोडले दैनिक कार्य गर्ने सामाग्री समेत जलेर नस्ट भएको र विद्युतीय उपकरण लगाएतका सामान समेत एउटा नबचेकोले सहयोगका लागि प्रहरीले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्