
केवलानी। जेएनजीको शसक्त आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको प्रहरी कार्यालयको पुनर्निर्माणमा युवाहरु जुटेका छन। तिलोत्तमा गाइजका युवाहरुले तिलोत्तमा नगरपालिका केवालानी मंगलापुरमा रहेको ईलाका प्रहरी कार्यालय मंगलापुर मर्मत तथा पुनर्निर्माणमा जुटेका हुन्।
उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंग रोगन तथा भौतिक निर्माणसम्मको काम अगाडी बढाएको संयोजक पुजन के.सी.ले बताए।२३ र २४ भदौमा जेएनजीको प्रदर्शनका क्रममा सो प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण कार्यालयमा रहेको सिसि टि.भी., कम्प्युटर, फर्निचर, फर्निशिंग, रंग रोगन मा समेत ठुलो क्षति भएको थियो । अहिले प्रहरीले नियमित काम समेत गर्न सकेको थिएन ।
अहिले भने तिलोत्तमा गाइजसंगै आएका युवाहरु मिलेर सबै भत्किएको संरचना डेण्टिङ्ग पेण्टिङ्ग सहित निर्माणको काम आफूहरूले लिएको भन्दै पुनर्निर्माणमा जुटेको तिलोत्तमा गाइजका संयोजक पुजन के.सी.ले बताएका छन।सो पुनर्निर्माण तथा पुन:डेकोरेशनपछि ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु आएर बसेको र सेवा सुचारु गर्न तयार रहेका छन। तिलोत्तमा गाइजले विभिन्न संघ संस्थाको सहयोग तथा आफ्नै सहयोगमा सो मर्मत तथा सम्भारको काम गरेको के.सी.ले बताए।
कमेन्ट गर्नुहोस्