
कुञ्जलापुर। जेएनजीको काठमान्डौ केन्द्रित आन्दोलन सम्पन्न भएको उदघोससंगै रुपन्देहीको तिलोत्तमा नगरपालिका अहिले नेपाली सेनाको सुरक्षा घेरामा रहेको छ। आन्दोलनको नाममा अराजक गतिबिधि बढेसंगै नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै कुञ्जलापुरस्थित तिलोत्तमा नगरपालिकाको प्रसासनिक भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।
जेनजीहरुको आन्दोलनले क्षती पुगेको स्थान र सुरक्षित स्थानहरुमा सेना तैनाथ गरिएको हो ।जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले रुपन्देहीका केहि पालिकासंगै तिलोत्तमाका विभिन्न स्थानमा ठुलो संख्यामा नेपाली सेना मार्फत सुरक्षा प्रदान गरेको छ। यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि नेपाली सेनाले आग्रह गरिरहेको छ । आन्दोलनपछि अर्को निर्णय नभएसम्मका लागि नगरपालिकाले सेवा प्रबाह ठप्प पारेको छ।नगरपालिकाको भवनमा स्थानियले समेत हिजो साँझ देखि निगरानी र सुरक्षामा चासो देखाएका छन्। कुञ्जलापुरबासी तथा मणिग्रामबासीहरुले आन्दोलन हुन नदिन र अराजक तत्वहरुलाई पहिचान गरि कारबाही गर्न आग्रह गरेका छन।
कमेन्ट गर्नुहोस्