लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिस्नु कप : निरजको ह्याट्रिकसँगै साविक विजेता फर्साटिकर सेमिफाइनलमा

IMG

कोटिहवा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले देवदह ब्वाईज, देवदहमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । तिलोत्तमा नगरपालिका १५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि निरज चौधरीले ह्याट्रिक गर्दा थप एक गोल टिकाराज गुरुङले गरे । उता पराजित देवदहका लागि दुवै गोल सुरज चौधरीले गरे।


खेलमा ह्याट्रिक गरेका फर्साटिकरका निरज चौधरी म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २१ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल अञ्चलपुर युवा क्लब, अञ्चलपुर र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक अशोक थापाले जानकारी दिए ।लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्