लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२५ फरक कार्यका साथ् लिस्नुकप २३ औं संस्करण भदौ १४ गतेबाट हुने

IMG

कोटिहवा। लिस्नु कप फुटबल प्रतियोगिताको २३ औ संस्करण यही भदौ १४ गते शनिबारबाट शुरु हुने भएको छ । रुपन्देहीको तिलोत्तमा–१५ मा रहेको लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिता कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयको प्रांगणमा हुने आयोजकले जनाए । शुक्रबार पथ्थरडाँडा मिडटावनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक पदमबहादुर थापा अशोकले भाद्र १४ गतेबाट शुरु हुने प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते शुक्रबार हुने बताए । प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४४४ रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २ हजार २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।


यसै गरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले  १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले  ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी पाउने खेल संयोजक थापाले बताए । प्रतियोगिता ९ एसाइडको रहनेछ । यसवर्ष १ हजार जना दर्शक व्यवस्थित साथ प्यारफ़िट्मा बसेर हेर्ने व्यवस्था मिलाईएको छ । खेललाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघबाट निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ र खेललाई फिफाको नियमानुसार खेलाइने लिस्नु क्लबका सचिव मनोज कुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमका खेलाडीहरुको खेल अवधि भरका लागि १ लाखको दुर्घटना बिमाको व्यवस्था रहेको क्षेत्रीले जनाए । प्रतियोगितामा आयोजक लिस्नु युवा क्लबसहित रुपन्देही,नवलपरासी,पाल्पा र वालिङ नगरपालिका र स्थानिय क्लबहरु गरी १२ क्लबको सहभागिता रहेको छ।


विभिन्न सामाजिक कार्यमा अग्रसर क्लबले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा २३ औँ लिस्नुकप संगै २५ फरक कार्य गरि मनाउने बताएको छ। क्लबका अध्यक्ष तिर्थ राज मल्लले हाल सम्म गरेका सबै सामाजिक कार्य जस्तै स्थापना दिवसको अवसरमा २५ वटा रोमाञ्चक कार्य गर्दै स्थापना दिवस मनाउने बताए। खेल अबधि भर प्रि-क्वाटर र क्वाटर फ़ाइनलको दिन महिला तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेश साथै सेमी फाइनल र फ़ाइनलमा ५० प्रतिशत छुट दिईने र सो बाट आएको रकमले अविनाश अनाथ आश्रममा सहयोग गरिने क्लबका अध्यक्षले मल्लले बताए।पुरुष दर्शकका लागि भने पहिलो र दोस्रो चरणको खेलमा १ सय रुपैया र सेमी फाइनल तथा फ़ाइनलमा २ सय टिकट शुल्क लाग्ने छ। क्लबले सधै जस्तो दर्शकहरुको टिकट सुरक्षित राखी साइकल चिठ्ठा समेत गर्ने भएको छ। 


२०८२ साउन १० गते बसेको बैठकको निर्णयअनुसार, प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स र सह–प्रायोजक तिलोत्तमा नगरपालिका वडा नं. १५ को वडा कार्यालय रहेको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा रुपन्देही फुटबल संघका अध्यक्ष लोक बहादुर पुन, पन्चकन्या समूहका प्रवन्धक देवेन्द्र साहू, यसोदा फूड्सका मधुसुदन घिमिरे लगायतले मन्तव्य राख्नुभएको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताउनुभयो । 


कमेन्ट गर्नुहोस्