
तिलोत्तमा। सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा पालिकालाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सि भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अर्थात् (लिसा) मा उत्कृष्ट नतिजा ल्याएका पालिका तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।
मन्त्रालयले तीन नगरपालिका चितवनको खैरहनी, रुपन्देहीको तिलोत्तमा र धादिङको नीलकण्ठ तथा तीन वटा गाउँपालिका स्याङ्जाको अर्जुनचौपारी, धादिङको बेनीघाट रोराङ र गुल्मीको रुरु क्षेत्र गाउँपालिकालाई सम्मान गर्ने भएको हो ।राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।
तिलोत्तमा नगरपालिकाको तर्फबाट सम्मान ग्रहणका लागि नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा अध्यक्ष गणेश पाठक,कार्यपालिका सदस्य सुरेन्द्र श्री लगयात जाने जानकारी पाइएको छ।
कमेन्ट गर्नुहोस्