
तिलोत्तमा । जेसीआई तिलोत्तमाद्धारा आयोजित फुटशल प्रतियोगिताको उपाधी जेसीआई रामनगरले जितेको छ । जेसीआई तिलोत्तमाको साताब्यापी कार्यक्रम अन्र्तगत समापनका दिन शनिबार आयोजित प्रतियोगितामा जेसीआई कन्चनलाई ३ का विरुद्ध ८ गोलको विशाल अन्तरले हराउदै जेसीआई रामनगरले उपाधी कब्जा गरेको हो ।
लुम्बिनी वल्र्ड स्कुलमा आयोजित फुटशलमा जेसीआई तिलोत्तमाका ८ वटा छिमेकी शाखाहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अवधीभर कुल ९ गोल गरेका विजेता टिमको तर्फबाट सरोज पौडेलले सर्वाधिक गोलकर्ताको उपाधी जिते भने उपविजेता टिम जेसीआई कन्चनका गोलकिपर प्रकाश पौडेलले उत्कृष्ट खेलाडीको उपाधी प्राप्त गरे । लगत्तै आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिताका विजयी तथा उपविजयी टिम तथा तिनका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण खाँणले पुरस्कार स्वरुप शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाडले जेसिआई तिलोत्तमाले साताब्यापी कार्यक्रमको आयोजना गरेर पुन्यको काम गरेको बताए । उनले यस्ता कार्यले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै आगामी दिनमा जेसीआई तिलोत्तमासँग सहकार्य गर्दै अघि बढ्न तिलोत्तमा नगरपालिका तैयार रहेको पनि बताउनुभयो ।
जेसीआई तिलोत्तमाका अध्यक्ष जेसीआई सिनेटर प्रकाश न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी धनराज पौडेल, जेसीआई तिलोत्तमा संस्थापक अध्यक्ष जेसीआई सिनेटर बिनोद ढकाल, काँग्रेस तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डे, लुम्बिनी वल्र्ड स्कुलका प्राचार्य विष्णु प्रसाद ढकाल, जेसीआई तिलोत्तमाका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु, छिमेकी शाखाका अध्यक्ष तथा तिनका पदाधिकारीहरु लगायतको सहभागिता रहेको जेसीआई तिलोत्तमाका महासचिव रामु रोकाले जानकारी दिए । यसअघि शनिबार नै आयोजित फ़ुट्सल प्रतियोगिताको उद्धघाटन टि २० राष्ट्रिय महिला फुटवल टोलीका प्रशिक्षक यम बहादुर गुरुगँले गरेका थिए ।
जेसीआई तिलोत्तमाले साताब्यापी कार्यक्रम अन्र्तगत आईतबार मणिग्रामचोकमा सचिवालयको स्थापना गरेको थियो भने सोमबार मणिग्रामचोक मै बृहत रक्तदान र निशुल्क सुगर जाँचको आयोजना गरेको थियो । यसैगरि मंगलबार निशुल्क दन्त परिक्षण, बुधबार अटिजम सम्बन्धि सचेतना कार्यक्रम, बिहिबार गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, शुक्रबार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको जेसीआई तिलोत्तमाले शनिबार अन्तर शाखा फुटशल प्रतियोगिता तथा समापन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको बर्ष २०२५ का अध्यक्ष जेसीआई सिनेटर प्रकाश न्यौपानेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्