
टिकुलीगढ। समाबेशी महिला समूह स्कुल डांडाको आयोजनामा तीज गीत प्रतियोगिता हुने भएको छ। यहि भाद्र ६ गते शुक्रबार तिलोत्तमा-१४ टिकुलिगढमा तिलोत्तमामा क्रियाशील सो महिला समुहले यस अघी खडेरीमा पानि बितरण,सामाजिक कार्य रक्तदान बिरामीहरुलाई उपचारमा सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको छ।महिलाहरूलाई समाजमा जनचेतना जागरण गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ।हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा समाबेशी महिला समूह स्कुल डांडाले तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो।
महिला समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत हिन्दु संस्कृतिको संरक्षण र सम्बर्द्धन गरी महिलाहरूलाई थप हक अधिकार र सुरक्षाका निम्ती पैरवी गर्ने उदेश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको समूहका सचिव शर्मिला शेरचनले जानकारी दिनुभयो । प्रतियोगितालाई रचनात्मक र सन्देशपूर्ण बनाउन खुल्ला तीजगीत प्रतियोगिता गर्न लागेको सचिव शेरचनले जानकारी दिनुभयो ।
सो प्रतियोगिताबारे समुहका अध्यक्ष मिना पुनले महिलाहरुको अवस्थालाई रुपान्तरण गर्दै आर्थिक उपार्जन तथा विभिन्न पेसा व्यवसाय सञ्चालनमा पुर्याएको सहयोगलाई आफ्नो प्रस्तुतिमा समावेश गरी सन्देशपूर्ण र रचनात्मक बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । टिकुलिगढ हाटबजार क्षेत्रमा भदौ ६ गते आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रतियोगी समूहलाई आर्थिक रूपमा नगद सहित पुरस्कृत समेत गरिने संस्थाका अध्यक्ष मिना पुनले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्