
बभनी। अहिले तिलोत्तमा नगरपालिका जत्तिकै चर्चामा छ त्यसभित्र नगर बाल संजालका अध्यक्ष बनेका बिबेक खड्का पनि आफ्नो क्षेत्रमा उत्तिकै चर्चित छन्। आफैमा स्वस्थ पैरवी गर्न सक्ने प्रश्नोत्तरका सम्बाहक बिबेक अहिले मात्रै १७ बर्षका भए। तर उनको बोली र प्रश्न गर्ने शैली तथा उनले गरेका पैरवी र विभिन्न तालिमहरुमा उनलाई एक किशोर मात्रै हैन उनको व्यवहारमा परिपक्वता देखिन्छ। नगरपालिका भित्र मात्रै होइन उनि जहाँ जान्छन आफ्नो पदचाप छोडेर फर्कन्छन।
परिवारको काँधमा जिम्मेबारी एकातिर छ त नगरपालिकाको उच्च पदमा बस्दा उनको जिम्मेबारी थप देखिन्छ। जेठो छोराको रुपमा बुवा मान बहादुर खड्का र आमा धन कुमारी खड्काको कोखबाट जन्मिएका बिबेकको एक भाई विवेश खड्का कक्षा २ मा पढ्छन।बुवाले घर बनाउने मिस्त्री काम गरेर दुई छोरा र परिवारको पालनपोषण गरेका छन् भने आमा धन कुमारी घरमै गृहणीको रुपमा रहेकी छिन।समाजमा साना देखी ठूला सबै वर्गलाई साझा रूपमा फुल्न र फक्रिने वातावरण सिर्जना गर्दछ भन्ने कुरामा विश्वस्त रहेका बिबेकलाई समाजको सामाजिकरणको भाव हराउँदै जानु र संस्कार र उद्गमस्थललाई बिर्सिंदै जानुले दु:खित गराउछ।
बुवाकै कमाइमा पढिरहेका उनले कहिले काही आफुले गर्न सक्ने तालिमबाट आर्जन गरेको पैसाले घर खर्च र आफ्नो पढाई र कापी कितावको खर्च पुर्याउछन। संजीवनी शिक्षा सदन तिलोत्तमा-१५ मधवलियामा नर्सरी देखि कक्षा १० सम्मको अध्ययन गरेका बिबेकले हाल राम मणि क्याम्पसमा प्लस-टु साइन्स बायोलीजी स्ट्रिममा अध्ययनरत छन्। उनले आफ्नो घरको बाध्यता एकातिर राख्दै पढिरहेका त छन् तर उनको बाध्यतामा कलेज फि कहिलेकाही बाधक बनेर आउछ। केहि छुट पनि नपाएका होइनन तर त्यतिमै बिबेकलाई प्रयाप्त छैन।
"त आँट म पुर्याउछु" भनेझै बिबेकले आट्दै गएका काम सफल पनि भएका छन्। उनको बाध्यताको अगाडी उनले आफ्नो बौद्धिक क्षमतालाई प्रदर्शन गर्दै गए। समाजमा लुकेर रहेका प्रतिभा उजागर गरे। विभिन्न तालिम तथा अभिमुखीकरणमा सहजकर्ताको रुपमा प्रस्तुत भए। पछिल्ला दिनमा अहिले बालबालिकाको अधिकारका लागि बिबेकको खोजि हुन लागेको छ। उनि आफै बाल हिँसा, बाल श्रम, बाल शिक्षाका लागि गाउँगाउँ साथीहरु लिएर चहारे। धेरै घटनामा बालबालिकालाई संरक्षण समेत गरे। अहिले उनि बृहत्तर यौनिकता शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी तालिम,बाल अधिकार सम्बन्धी पैरवी,जीवन उपयोगी सीप विकास सम्बन्धी तालिम,बालबालिका र किशोरकिशोरीको लागि उत्प्रेरणामुलक तालिम लागायतका तालिम तथा गोष्ठी गर्न सक्षम भएका छन्।उनि बालमैत्री स्थानिय शासन लागु भै नगरपालिका बालमैत्री भएपछी पहिलो अधिबेशनबाट २०८० मंसिर २९ गते शुक्रबार अध्यक्ष भएका हुन्।
हालै आफै पढेको स्कुलमा अध्यापन समेत गराउने बिबेकलाई स्कुलले दिएको माया र सम्मान प्रति गर्व लाग्छ। उनले अहिले कक्षा ४ देखि ७ सम्मलाई बिज्ञान र ८ कक्षालाई हेल्थ पढाउछन। बिबेक आफैमा नाम मात्रै होइन उनि एक बालबालिकाको आवाज हुन्। आफैमा ट्यालेण्ट समेत रहेका बिबेक जति बाहिरि कुरामा पोख्त छन् त्यत्तिकै पढाईमा पनि लगाव र मेहनत गर्दछन। उनले भर्खरै सम्पन्न कक्षा १२ को परिक्षामा करिव ८३ प्रतिशत अंक प्राप्त गरि उत्तिर्ण समेत भएका छन्।अबको शिक्षा अब अल्लि फरक तरिकाले गर्न चाहेका बिबेकसंग प्रयाप्त रकम त छैन तर उनको लगाव र मेहनतले पक्कै उनलाई आफ्नो लक्ष्यमा टेकाउने छ।
हाल तिलोत्तमा नगरपालिकाको नगर स्तरिय बाल संजालका अध्यक्ष भैरहंदा बिबेकले निकै ठुलो अवसर पनि पाएका छन्। उनि भर्खरै थाइल्याण्डमा सम्पन्न "SUFASEC Learning Exchange Forum" कार्यक्रममा विद्यालयमा तालिम दिएको आधारमा नेपालका २० जना दौतरी शिक्षकहरु मध्येबाट छनोट भई गएका थिए। उनले विदेश संगै नेपालका धेरै पालिका हरु समेत घुमेका छन् भने त्यहाँको बस्तुस्थिति बुझी तिलोत्तमाको बालमैत्री बाताबरणको पैरवी गरेका छन्। बागलुङ माझकटेरा काठेखोला गाउँपालिका पुर्ख्यौली भै साबिक टिकुलिगढ गा.वि.स. वडा नं ९ र हाल तिलोत्तमा-१३ बभनी जन्मिएका बिबेक आफैमा बहुआयामिक र शालिन छन।
कमेन्ट गर्नुहोस्