
कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवामैत्री तिलोत्तमा र युवा बिषयमा अन्तरक्रिया एबम वृक्षारोपण कार्यक्रम गरिएको छ। प्रतिनिधिमुलक वडाका सहभागी युवाहरुमाझ सो कार्यक्रम गरिएको हो।सो अवसरमा नगरप्रमुख रामकृष्ण खाणले युवा वर्तमानका साझेदारसंगै देशको शक्ति भएकोले सबै बिकास निर्माण र समृद्ध देशको निर्माण तथा सामाजिक एबम भौतिक बिकासमा हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवामैत्री तिलोत्तमा र युवा बिषयमा अन्तरक्रिया एबम वृक्षारोपण कार्यक्रम गरिएको छ। प्रतिनिधिमुलक वडाका युवाहरुमाझ सो कार्यक्रम गरिएको हो।कार्यक्रममा सामाजिक बिकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले देशमा युवाको अवस्था र सहभागिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा बोल्दै कार्यक्रममा सामाजिक बिकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले देशमा युवाको अवस्था र सहभागिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। युवाहरुलाई जोडेर सामाजिक अभियानमा अघि सार्नुपर्ने र युवाहरुको सबै क्षेत्रमा निगरानी बढाउनुपर्ने बताउनुभयो ।शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले युवा मैत्री स्थानिय शासनकालागि पलिकाले बजेट नीति तथा कार्यक्रमै राखेर युवाहरुलाई एकीकृत गर्न लागेको बताउनुभयो।कार्यक्रममा शिक्षा अधिकृत धनीराम शर्माले स्वागत गर्नुभएको थियो ,भने संचालन रमा आचार्यले गर्नुभएको हो।उपस्थित युवाहरुले युवाको सहभागितामा आ आफ्ना धारण राख्नुभएको सो कार्यक्रममा वडाका जनप्रतिनिधि प्रतिनिधि युवाहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्