
कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाले गत असारमा आबेदन खुलाएको माध्यामिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगिता, फोटो ग्राफी प्रतियोगिता उत्कृस्ट हुने र चित्रकला कार्यशालामा सहभागी सबैलाई बिशेष कार्यक्रमको आयोजना गरि नगद तथा सम्मान पत्र सहित पुरस्कृत गरेको छ। सोमबार एक बिशेष समारोहका बीच नगरपालिकाले सो प्रतियोगिता तथा कार्यशालामा प्रथम द्वित्तीय तथा तृतीय र सान्त्वना हुने प्रतियोगी एबम सहभागीलाई पुरस्कार प्रदान गरेको हो।
प्रतियोगितामा नगरपालिकाले सडकको छेउमा निर्माण गर्न कागेको प्रतिक्षालयको डिजाईन सहितको आर्किटेक्ट इन्जिनियर कपिल पन्थले आर्किटेक एण्ड इन्जिनियरिङ्ग तर्फ प्रथम स्थान हासिल गर्दै करसहित नगद रु.५० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै खुल्ला फोटो प्रतियोगिताको उपाधि तिलोत्तमा सिटि न्युजले प्राप्त गरेको छ भने द्वित्तीय स्थानमा महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत फोटोग्राफी तालिम लिएकी सन्तोषी पाण्डेले हासिल गरेकी छन्। त्यस्तै प्रतियोगितामा तृतीय स्थान पत्रकार बिकास पराजुलीले गरेका छन् भने सान्त्वना स्थान संचारकर्मी सागर भण्डारीले प्राप्त गरेका छन्। प्रतियोगितामा प्रथम हुने तिलोत्तमा सिटि न्युजका तर्फबाट व्यवस्थापक पुजा पाण्डेले करसहित नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन भने द्वित्तीय हुने तिलोत्तमा-३ निवासी सन्तोषी पाण्डेले १५ हजार, त्यस्तै तिलोत्तमा-३ बस्ने पत्रकार बिकास पराजुलीले १० हजार र सान्त्वना हुने तिलोत्तमा-१४ निवासी संचारकर्मी सागर भण्डारीले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै माध्यामिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगितामा सिद्धार्थ इ बो स्कूल तिलोत्तमा-४ की छात्रा सफलता पौडेल प्रथम, न्यू इन्भार्मेन्ट इ बो स्कुल तिलोत्तमा-५ का छात्र रौनक खराल द्वित्तीय , लुम्बिनी वर्ल्ड स्कुल तिलोत्तमा-१३ की छात्रा सन्ध्या भट्टराई तृतीय र गीर्वाण सरस्वती संस्कृति तथा साधरण मा वि तिलोत्तमा-५ की छात्रा कुसुम खड्काले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना हुने सहभागीलाई क्रमश: करसहित रु १५ हजार, १० हजार, ८ हजार र ५ हजार सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
साथै नगरपालिकाले आफ्नो क्षेत्रम अरहेका धार्मिक, ऎतिहासिक, पुरातात्विक, पर्यटकीय स्थलहरुको चित्रकला कार्यशाला सम्पन्न गरि त्यस कार्यमा सहभागी २७ जनालाई करसहित नगद रु ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको हो। शित्रकार एच बि रम्तेलको नेतृत्त्वमा सहभागी कलाकारहरुले ३५ वटा क्यानभास उतारेका थिए।
सोमबार नगरपालिकामा सहभागीहरुका बीच नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, उपसचिव गंगाराम आचार्य, वडा अध्यक्षहरुले प्रतियोगितामा उत्कृस्ट एबम सहभागीहरुलाई बधाई सहित आगामी उज्ज्वल भविष्यको कामना गर्दै नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो।
पुरस्कार समारोहमा आफ्नो भनाई राख्दै नगर प्रमुख खाणले नगर प्रमुख नवाप्रबर्तन कार्यक्रम अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा सहभागीसबैअलाई धन्यबाद दिंदै उज्ज्वल भबिश्यको कामना समेत गर्नुभएको थियो। उहाँले फोटोले कला संस्कृतीको जगेर्ना गर्दै त्यस स्थानको प्रचार प्रसारमा समेत टेवा पुग्ने हुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने तिलोत्तममा मा प्रसस्तै क्षेत्रहरू रहेकोले यसको बिकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो। ‘पर्यटकलाई आर्कषित गर्न पूर्वाधारको आवश्यकता पर्छ, यो प्रतियोगिताले ओझलेमा परेका पर्यटकीयस्थलको उजागर गरेको छ’ नगरप्रमुख खाणले भन्नुभयो ।
सो अवसरमा बोल्दै उपप्रमुख जगेश्वर देवी चौधरीले आफुमा भएको अन्तर्निहित कलाले पनि समग्र रुपमा आर्थिक उपार्जन गर्न सक्छ भन्ने उदेश्यले संचालित यस कार्यक्रममा सहभागी सबैलाई धन्यबाद सहित प्रतियोगितामा उत्कृस्ट हुने सबैलाई बधाई दिनुभएको छ।उहाँले नगरपालिकाको समग्र चित्र कोर्न र यसका बिकास निर्माण र प्रगतिलाई आत्मसात गर्न, पर्यटन प्रबर्धन गर्न यस्ता खाले प्रतियोगिताले पनि ठुलो भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको बजेट नीति तथा कार्यक्रममै राखेर नगरपालिका भित्र रहेका धरोहरको प्रचार प्रसार गर्न यस्तो कार्यक्रमको आयोजना गरिएकोले प्रतिभा संगै समग्र तिलोत्तमाको मान चित्र प्रस्फुटन हुने बताउनुभयो।
सोही अवसरमा बोल्दै नगरपालिकाका पुर्व वडा सदस्य समेत रहेका कलाकार एच बि रम्तेलले पर्यटन क्षेत्रको बिकासमा फोटो प्रतियोगिता र क्यानभास एबम चित्रकला प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो ।कार्यक्रमको संचालन बैठक शाखा अधिकृत सिता घिमिरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्