
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।कार्यक्रममा आगन्तुकलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक आर्थिक वर्ष २०८१/८२ भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले नगरपालिकाले गरेका र गर्न सक्ने कार्यहरुको बारेमा टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए। कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण, बाताबरण, सडक र शिक्षा स्वास्थ्य रोजगारजस्ता सेवासंगै मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए ।
नगरपालिकाको सरसफाई हरियाली प्रबर्द्धन, औधोगिक क्षेत्र, कृषी, सिंचाई ,यातायात, महिला तालिमको उपयोगिता,शिक्षा र पाठ्यक्रमका बिषयमा, विभिन्न बाहिरी तथा भित्री सडक,स्वास्थ्य सम्बन्धी समस्या समाधान, स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,अपाङ्गमैत्री बाताबरण निर्माण,न्यायिक सम्पादन, टोल बिकास लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी लगायत उठाइएका चासो गुनासोहरूलाई नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पार्नुभएको थियो। जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाकी नै रहेको कतिपय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने, तथा तत्काल गर्न सक्ने जनगुनासोलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए।
नगरप्रमुख खाणले जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना सहित बिकासको खाका तयार गरि नगरको बिकासमा आफू प्रतिबद्ध रहेको बताउदै कतिपय कुराहरु कानुन र प्रदेश तथा संघिय अड्चनले नगरपालिकाको योजना पुरा नभएकोले सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा धन्यबाद दिनुभएको थियो। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका राजनीतिक दल, बालसंजाल तथा बुद्धिजीवी, संघ संस्थाका प्रतिनिधि, सरोकारवाला शिक्षक एबम युवा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सुबिगो मिडिया प्रालिको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार अमृता अनमोलले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्