
शंकरपुर। ३१ औं बिश्व आदिबासी दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमा रुपन्देहीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।तिलोत्तमा ५ शंकरपुरमा आयोजित कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्धारा कार्यक्रमको समुद्घाटन गरिएको थियो । उहाले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै आदीवासी जनजातिलाई अगाडि बढाउन शिक्षा अपरिहार्य रहेको बताउनु भयो । उहाले भन्नु भयो “शिक्षा नै विकासको मेरुदण्ड हो , हामीले नगरका सबै नगरवासीलाई शिक्षित बनाउने, सबैलाई आत्मानिरर्भर बनाउने कार्यमा तिलोत्तमा नगर अगाडि बढीरहेको छ”।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नेपालमा आदिबासी जनजातिले जोगाएको देशको साख अतुलनिय रहेको बताउनुभएको छ। कार्यक्रमका विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका उपमेयर चौधरीले आज परेको रक्षा बन्धन तथा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुभयो। उहाले अझै पनि आदीवासी जनजाति स्वाचालित रुपमा आफै आफ्नो अधिकारको लागी आउन पर्नै र त्यसको कार्यन्वयनका लागी आफु सदैव साथ र सहयोग गर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमा रुपन्देहीका अध्यक्ष गंगा कुमारी छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद्का सचिव धनबहादुर चौधरीले बोल्नुभएको थियो ।
महासंघ नगर समन्वय परिषद् तिलोत्तमाका सल्लाहकार खुम बहादुर थापा,सल्लाहकार चित्र प्रसाद गुरुङ्ग,सल्लाहकार छत्र बहादुर दर्लामी, ६ वटा एकल जातिय संगठनका अध्यक्ष ज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । यसैगरी ३१औं बिश्व आदिवासी दिवस २०८२ को अवसरमा नेपाल आदिवासी जनजाती महासंघ द्वारा आयोजित आदिवासी जनजातीको रहन सहन ,भाषा ,कला,संस्कार र संस्कृति सम्बन्धि बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थानमा श्रद्धा राना ,द्वितीय स्थानमा प्रकृया गुरुङ ,तृतीय स्थानमा पुर्णिमा छन्त्याल र सान्त्वना स्थानमा आर्यन गुरुङ सफल हुनु भएको थियो। उहाहरुलाइ नगद र प्रमाणपत्रले ३१ औं विश्व आदिबासी दिवस २४ गते भब्य कार्यक्रम समारोहमा सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् तिलोत्तमाका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कनौजे मगर,, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ नगर समितिका अध्यक्ष दिलमाया गुरुङ, लगायत तिलोत्तमा नगरका ६ वटा एकल जातिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिकामा रहेका ६ वटै एकल जातिय संघसंगठनका भेषभूषा झल्किने झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कमेन्ट गर्नुहोस्