लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जमुहानी–देवदह जोड्ने सडक जीर्ण, सर्वसाधारणलाई सास्ती

IMG

ओमसतिया। रूपन्देहीको ओमसतिया गाउँपालिका–६ जमुहानीदेखि देवदह नगरपालिका जोड्ने मुख्य सडक जीर्ण अवस्थामा पुगेको छ । वर्षौंदेखि मर्मत नहुँदा सडकको सतह भत्किएर खाल्डाखुल्डी बनेको छ ।यस सडक हुँदै दैनिक सयौं सर्वसाधारणको आवतजावत हुने गरेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।


स्थानीय बासिन्दाहरूका अनुसार वर्षातमा सडक हिलोले पुरिने र हिउँदमा धुलोले भरिने भएकाले वर्षैभरि सास्ती खेप्नुपरेको छ । यस्तो अवस्था रहँदा दुर्घटनाको जोखिम समेत बढेको भन्दै उनीहरूले चासो व्यक्त गरेका छन् । सडक सुधारको माग गर्दै स्थानीयले सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । यथाशीघ्र सडक मर्मत नहुँदा अझ गम्भीर समस्या आउने उनीहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्