
आधा रित्तिसक्या थ्यो बोटल। सायद तेस्रो पछि को हुदो हो। आँखा खुल्दा बटारिएको बाटो देख्थ्यो अनि त्यसैलाइ पछ्याउने धोखेबाज पाइलाहरु घरी एता पल्टाउथे घरी उता। घरी एता ठोक्काउथे घरी उता। खल्ती मा एउटा बट्टा अनि अर्को फोन रहेको महशुस गर्न सक्थे। समयको पत्तो थिएन सायद मध्यरात हुदो हो। त्यसैले त होटलवाला ले धक्का दिएर निकाल्याथ्यो।
शरिरका हरेक अङ्ग मेरो चाहना विरुद्ध आफुखुसी गरिरहेका थिए। सम्हाल्न सकिरहेको थिइन शारीरिक अङ्ग। अनि "मन" को के कुरा गर्नु यहाँ त "तिमी" छौ। तिमी लाई सम्हाल्न सक्ने भए आज यो समय आउथेन सायद।
हो डियर अर्काकी छोरी(जेनिशा),
मैले तिमिलाइ सम्हाल्न सकिन। नत्र तिमी मीठो निन्द्रा मा रङ्गिन सपना सजाइरहदा म तितो यादहरुसङ्ग कालो रात कटाउनु पर्थेन सायद। नत्र, नत्र तिमी अरु कसैको सहारामा रमाइरहदा मैले बोटल समाउनु पर्थेन सायद। सायद तिमी अरु करोडौको अङ्गालो मा च्यापिइरहदा। मैले १५ रुपैयाको चुरोट च्याप्नुपर्थेन सायद। अफोर्ड गर्थिन होला तिम्रा आवश्यकता हरु। बोक्न सक्थिन होला तिम्रा आकाश भन्दा ठुला सपना। म त आगनमा जन्मेर खेतमा हुर्किए। थियो त मुट्ठी भर अट्ने माया अनि जिम्मेवारी अनि त्यो आत्मबल आकाश भन्दा ठुलो सपना बोक्ने भरिया बन्ने। खोइ किन आज त्यै काध भारी भैराछ। त्यै काधलाइ धान्न बिजुलिको पोलको सहारा लिनुपर्या छ। अनि त्यै आकाश जत्रो सपना देख्ने आखाहरु भुलाउन बोत्तल समाउनु पर्या छ। लाग्छ व्यर्थ थियो सारा कोसिस। जो तिमिलाइ सम्हाल्न गरे। र त आज आफैलाइ सम्हल्न सकिरहेको छैन।
आखामा एकोहोरो बत्ती पर्यो। पर बाट स्कुटी आइरहेको महशुश गरे । छेउमा टक्क स्कुटी रोकियो। म डराए भाग्न खोजे तर कहाँ सक्थे। अनि हतार हतार बोतल लुकाए अनि कन्फिडेन्स जगाए। मानौ इन्टरभिउ दिदैछु।
उनी।
कालो ज्याकेटमा कालो पाइन्ट अनि जुत्ता सम्झिन्छु। अ त हेल्मेट पनि लगाएकी थिइ। आँखा टल्किरहेको थियो। बिरालोको जसरी।
ढुक्क भए केटि थिइ। तर डर चै थियो।
झरेर मलाइ उठाउन खोजी। म उसको चिसो अनि कमलो हात महशुस गर्न सक्थे। सायद उस्ले मेरो रसाएको आँखा महशुस गरि। खल्ती बाट रुमाल अनि स्कुटिबाट बोटलको पानी दिई। पानी पिए। तर आँखा उतिर एकोहोरो टोलाइरहेको थियो। हेरिरहे हल्का डर अनि आसा मिस्रीत हेराइ। उ मुस्कुराएको आभाष गर्न सक्थे म। थाहा छ गिज्याइरहेकी थिइ तर नकार्न सकिन।
उ बोलि : को हौ तिमी?
के भनौ म आफै होसमा छैन। झुट बोलौ । आफ्नै मान्छे पो हौ कि? साचो बोलौ भोलि बेइज्जत हुने पो हो कि?
म बोलिन।
"सागर?" उसले भनी "आज किन यहाँ यसरी?"
म झन डराउदै भने: मलाइ चिन्छौ तिमी?
उसले फ्याकिएको बोटल उठाउदै भनी : अ चिन्छु। किन यसरी पिएको घर जानू पर्दैन?
उ नम्र थिइ। सरल देखिन्थी। अनि म प्रती सकारात्मक देखिन्थि। मेरो कन्फिडेन्स बढ्यो।
"तिमिलाइ मेरो घर पनि था छ, लग्दिन्छेउ र तिमी"
उ: हुन्छ मात्र भन आफ्नै घर लगेर राख्छु म।(उ हासी)
म खिस्स मात्र।
उ नै बोली: छोरो मान्छे भएर नि रुन्छन? छ्या।
उ हास्न थाली। अनि मलाइ डोर्याएर प्लट लाइन अलिक भित्र लगि। म थचक्क बसे। उ स्कुटी अनि आधा बोटल रक्सी उठाएर लिएर आइ।
आउनासाथ हेल्मेट खोली। कानसम्म छोपिएको टोपी । अनि कुम भन्दा अलिक तलसम्म कपाल लहरायो। अनि अलिकति दारा निक्लिएको। धमिलो तर स्पस्ट।
खल्ती बाट चुरोट निकाले । लाइटर भेटिन। अनि उ आफै निकालेर सल्काइदि। अनि हातबाट खोसेर आफै तान्न थाली। खोकिरही तर पिउन छोडिन।
म हेरिरहे मात्र।
सकिन लागेको ठुटो मेरो हातमा थमाइ।अनि अर्को हातको बोतल बाट दुई घुटुक रक्सी निलि। मुख बिगार्दै ओठ पुछी हत्केला मा लिप्स्टिक को छाप बस्याथ्यो।म अचम्म मानी रहेको छु। अनि टोलाइरहेको छु। एकोहोरो उ तिर।
उ एकोहोरो आकाश तिर हेरिरही अनि म तिर पुलुक्क नजर घुमाइ। उसका टल्किने आँखा टिल्पिल टिल्पिल देखिन्थे। घरीघरी घुक्क घुक्क गर्थी अनि एत्तिकै मा दुई घुटुक अझै निलि।
अनि बोलि: सागर, प्रेममा सेक्स जरुरी छ?
म केहि बुझिरहेको थिइन। को हो उ? किन आइ? किन मसङ्ग छे? चुपचाप उतिर हेरेर टोलाइरहेछु।
हेर्दा बोत्तल रित्याइ अनि
उ फेरि बोली: के कुमारित्व नगुमाइ प्रेम गर्न सकिन्न? किन केटाहरु यति स्वार्थी? किन अरुको अङ्ग सङ्ग खेल्ने? यदि स्विकार्न सक्दैन भने? उ झन चिच्याउदै थिइ। मैले चुप गराउन खोज्दै थे।
उ बेस्सरी अङ्गालो मा च्यापी र रुन लागि।
अनि हल्का आड दिदै स्कुटिमा बसाली। अनि कुदाइ। उतै। जताबाट उ आएकी थिइ। उ केही बोलिरहेकि थिइ म हावाको झोका ले सुनिन।
अलिक पर सजिएको दुई तल घरको छेउमा रोकि। झिलिमिली बत्ती झुन्ड्याइएको अनि सक्दो सजाइएको। छेउमा कलरफुल टेन्ट टाग्या थ्यो अनि गेटमा केरा को खम्बा। पन्चेबाजा ताल अनि उपस्थित जमात देख्दा प्रस्टै भन्न सकिन्थ्यो यो बिहेघर हो। चहलपहल देख्दा जन्ती फर्केको भान हुन्थ्यो।
उ मेरो एउटा हातमा ढुङ्गा थम्याइ अनि अर्को हात आफुले समातेर घरको पछाडी पट्टि डोर्याइ। म ढल्किदै हिडिरहे।
अनि दोस्रो तलाको छेउमा बत्ती बलिरहेको एउटा कोठा। केही सजाइएको जस्तो थियो। सायद बेहुलाको कोठा होला।
अनि एकातिर झ्यालको सिसामा मलाइ त्यो ढुङ्गा हिर्काउन लगाइ।
मैले हिर्काए तर लागेन।
उ त्यो ढुङ्गा उठाएर अर्कोतिर को सिसा फुटाइ।
अनि चिच्याइ "अर्काको जिन्दगी सङ्ग खेल्छस? साला बोको....." अनि अनेकौ गाली हरु।
अनेक गाली। अलिकति रोदन अनि लाखौ पीडा मिश्रित। गाली।
"को हो"?
कोहि चिच्यायो।
आवाज भित्र बाट आयो।
म डराए। उ रोकिएकी थिइन। उसको हात समातेर ताने। मलाइ धकेली। अनि कोहि आएजस्तो भो। चप्पल खोल्यौ र भाग्यौ स्कुटी भएतिर। स्कुटी लिएर। अनि हरायौ। अधेरोमा अनि सायद एकार्कामा।
अलिक पर गएर रोकि। उ अलिक भक्कनिएकी थिइ। म हेरिरहे।
डिक्की खोलेर पानी दिए।
एकैछिनको सन्नाटा पछि म तिर हेरि।
अलिकती मुस्कुराइ।
अनि पुरै हासी। खुलेर। म पनि।
त्यस्पछी सल्कायौ। एकान्त को साथी। चुरोट
सल्केको चुरोटको धुवा मन्द गतिमा उडाउदै आकाशतिर फर्केर केही सोचेजस्तो देखिन्थि। म नियालिरहे उसलाइ सोचिरहे उसका अनियन्त्रित व्यवहार। बगिरह्यो उसका आँसु एक एक गर्दै। तप्प। विलिन भयो सितको थोपा सङ्गै। म चुपचाप छु। बोल्न सकिरहेको छैन। धेरै प्रश्न हरु दौडिरहेका छन दिमागभरी। ओठ खुलेनन।
आखिर एक जडेया न परे कहाँ होस आउथ्यो।
उ जुरुक्क उठि।
मलाइ स्कुटी मा बस्ने इशारा गर्दै। स्टार्ट गर्न गरि। म चलिरहे। उसले चाहेजसरी। मानौ हिप्नोटाइस गरेकी छे।
मेरो घरको बाटोतर्फ स्कुटी दौडियो। घर भन्दा अलिक अगाडि नि रोकेर डोर्याउदै लेर आइ। कोठा खोलेर बिस्तारा मा धकेल्दिइ। म हेरिमात्र रहे। मौन अनि अनियंत्रित। उ केही फरक थिइ पैलेभन्दा। अनुहारमा मजाक छोडी भावुकता झल्किन्थ्यो हासो छोडी मौनता झल्किन्थ्यो।
म बस हेरिमात्र रहे। एकटकले। अघाइन। थाकिन। बस हेरिरहे।
एत्तिकैमा आमा कराउनुभयो "को हो?"
"टेक केयर, जड्या" एति भन्दै फिक्का मुस्कुराई अनि ढोका बन्द गर्दिइ।
ढप।
मस्तिस्कले काम गरिरहेको छैन। सोच्न सकिरहेको छैन।शरीर चल्न सकिरहेको छैन। सायद आवस्यक पनि छैन।
अनि निदाएछु।
कमेन्ट गर्नुहोस्