
ड्राइभरटोल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको ड्राइभरटोल-शिवपुर गणेशनगर सडक र पथ्थरडांडा-तिनाउ सडकको पछिल्लो अबस्थाबारे एडीबीद्वारा स्थलगत अबलोकन भएको छ। एडीबीको सहयोगमा निर्माण हुने युआरएलाइपी अन्तर्गतका तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाको कार्यान्वयन भएका हालसम्मको प्रगति र भैरहेका गतिबिधिहरुको एडीबीका नेपालको लागि प्रमुख सहितको टिम, सहरी बिकास बिभागको टिम, सुपरभिजन कन्सल्त्यान्ट , नगरप्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु तथा नगरपालिकाका इन्जिनीयर तथा कर्मचारीको सहभगितामा प्रोजेक्ट रिभिउ मिसन सम्पन्न गर्दै सो आयोजनाहरुको स्थलगत अबलोकन गरि पछिल्लो अबस्थाको बारेमा जानकारी लिइएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभएको छ।
नगरपालिकाले आफ्नै स्रोत र साधनबाट निर्माण सम्पन्न गर्न नसक्ने ठुला योजनाहरुलाई छिटो निर्माण सम्पन्न गर्न एडीबीले महत्वपुर्ण भूमिका खेल्ने हुँदा विकास निर्माणमा सबैको सहयोग अपरिहार्य भएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो। सो अवसरमा बोल्दै नगरपालिकाको यस गौरवको योजनाले समग्र सडक निर्माण र विकासको चरणमा ठुलो योगदान पुग्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले बताउनुभएको छ। सो अवसरमा वडा अध्यक्ष गणेश पाठक, आश्विन पौडेल, फर्सुराम गिरी, नगरपालिका यॉजाअ शाखाका इञ्जिनियर प्रदिप बन सहितको स्थलगत अबलोकनमा एडीबीका नेपालको लागि प्रमुख सहितको टिम, सहरी बिकास बिभागको टिम, सुपरभिजन कन्सल्त्यान्टहरुले आ आफ्ना धारणा राख्नुभएको थियो।
कमेन्ट गर्नुहोस्