
गोरकट्टा। लायन्स क्लब इन्टरनेसनलको 'ग्लोबल कज - वातावरण' अन्तर्गत लायन्स क्लब अफ तिलोतमा स्वाभिमानले तिलोतमा नगरपालिका ६ स्थित हरियाली पार्कमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष लायन प्रभात के .सी. को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जि एस टी कोर्डिनेटर एम जे एफ लायन आशिष कुमार श्रेष्ठ, विशेष अतिथि एरिया ३ का चिफ लायन कृष्णप्रसाद पाण्डे तथा अतिथि जोन १६ का जोन चेयर पर्सन लायन सन्तोष आचार्य लगायतले वातावरण सन्तुलन कायम राख्न वृक्षारोपणको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हरियाली र सरसफाई अभियानले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका वृक्षहरू रोपिएका थिए। साथै उक्त पार्क क्षेत्रमा जडिबुटी बगैंचा (हर्बल गार्डेन) स्थापना गर्ने योजना रहेको क्लबले जानकारी दिएको थियो। संस्थाका सचिव लायन राजेन्द्र बस्यालको सञ्चालन एवं संस्थापक अध्यक्ष लायन अनिल चापागाईको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा क्लबका पदाधिकारीहरू सदस्यहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्