
बेलहिया। जापान गोजुरियो करांते दो मिसन संघ तिलोत्तमाको शाखा आईडियल पब्लिक स्कुल सुनौली बोर्डरमा बिस्तार गरेकोे छ । आईडियल पब्लिक स्कुल सुनौली बोर्डरको सुनौली गाउँ पंचायत वडा नम्बर १ मा सञ्चालनमा आएको करांते प्रशिक्षण केन्द्रले स्थानिय बिद्यार्थी तथा प्रशिक्षार्थिहरुलाई विशेष कक्षा दिने बताइएको छ । गत साउन ४ गते समुद्घाटन भएको सुनौली गाउँ पंचायत वडा नम्बर-१ का चियरमेन हबिब खानले सो प्रशिक्षण केन्द्रको उद्घाटन गर्नुभएको थियो। दक्ष अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिईने चिफ इस्टक्टर केबि राना (काजी ) ले बताउनुभयो।
आईडियल पब्लिक स्कुल सुनौली बोर्डरमा जापान गोजुरियो करांते दो मिसन संघले आफ्नो शाखा बिस्तार गर्दै एसिस्टेन्ट इस्टक्टर मोहित थापाको प्रशिक्षणमा कक्षाहरु दिइरहेको जानकारीमा आएको छ। स्थाइय स्तरमा नेपालमा समेत धेरै जसो अन्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न सफल जापान गोजुरियो करांते दो मिसन संघ तिलोत्तमाले भारतमा शाखा बिस्तार गरेको यो पहिलो हो।यसबाट भारत र नेपालको खेलकुद मार्फतको सम्बन्ध झन् बलियो हुने जापान गोजुरियो करांते दो मिसन संघ तिलोत्तमाको शाखाका अन्तराष्ट्रिय प्रशिक्षक चिफ इस्टक्टर केबि राना (काजी ) ले बताउनुभयो।
कमेन्ट गर्नुहोस्