
तिलोत्तमा। मुक्ती समाज नेपाल, रुपन्देहीले जातिय भेदभाव विरुद्ध, सामाजिक न्याय, स्थानीय तहको नीति तथा कार्यक्रम निर्माण एवम् समाजिक न्यायका निम्ति विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
एसईई को परीक्षा पश्च्यत, कक्षा ११ मा भर्ना अभियान चलिरहेको छ । विद्यार्थिहरुले पढ्न पाउनु मौलिक हक भएकाले कोहि पनि आर्थिक अवस्थाका कारण विद्यालय बाहिर बस्न नपरोस भन्नका निम्ति मुक्ती समाज नेपाल, रुपन्देही जिल्ला कमिटीले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाललाई ज्ञापन पत्र बुझाएका छन ।नेपालको संविधान २०७२ को धारा ४० ले दलित समुदायलाई शिक्षामा विशेष अधिकार प्रदान गरेको छ, जसमा निशुल्क शिक्षा र छात्रवृत्ति व्यवस्था समावेश छ । त्यस्तै शिक्षा ऐन ( ८ औ संशोधन, २०७३) संस्थागत विद्यालयहरू कक्षा ११ र १२ मा १० प्रतिशत सिट दलित, गरिब, र विपन्न समुदायका विद्यार्थिका लागि निशुल्क व्यवस्था भएका कारण त्यसको उचित कार्यन्वयनका निम्ति आफुहरुले ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष विकास गहतराजले बताए ।
नितिमा भए पनि कार्यन्वयन फितलो हुदा वास्तविक विद्यार्थीले अधिकार प्राप्त बन्चित भएकाले अझै पनि धेरै दलित विद्यार्थिहरुले बिचमै विद्यालय छोड्ने गरेकाले विशेष पहलका निम्ति केन्द्रिय सदस्य एवम् स्कुल विभाग उपप्रमुख रवि सेन्चुरीले बताए।ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा जिल्ला कमिटी पदाधिकारी र मुक्ती समाज, नेपाल को नेतृत्वहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्