
तिलोत्तमा। समाज रुपान्तरित भैरहेको छ। नारीले प्रमुख पदमा रहनु धेरै गौण कुरा हुन्थ्यो तर अहिले रुपन्देहीको सुरक्षा जिम्मा महिलाको हातमा परेको जनजाहेर छ। जागिर खाएको १० बर्षपछि रुपन्देहीमा २३ औ प्रमुखको रुपमा महिला प्रमुख बनेकी प्रहरी निरिक्षक( इन्स्पेक्टर)रन्जु के.सी. अहिले आफ्नो बसाईं र कामले चर्चामा छिन। ११ महिनाको बसाईं रुपन्देहीमा बिताइसकेकी रन्जुको आगमनपछि जिल्लामा ट्राफिक व्यवस्थापन,ट्राफिक शिक्षा र दुर्घटना न्यूनीकरण तथा सहज यात्राका कार्यहरु डिजिटल बनेका छन्। सडकमा हुने चेकजांचमा समेत नागरिक एप्सलाई डिजिटलरुपमा नागरिकलाई सहज बनाउने कोसिसमा छिन।
त्यसो त, रन्जु केसीले आफ्नो पहलमा तिलोत्तमा नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमाको पथ्थरडांडा र सखुवानी बिचमा राइडरगन सहितको एएनपीआर (अटोमेटिक-नम्बर-प्लेट-रिकोज्निसन ) क्यामेरा जडान गर्न सफल भएकी छिन।जसले औषत गति भन्दा बढी तिब्रगतिमा आउनेजाने सवारीको नम्बर प्लेट खिचेर ट्राफिक कार्यालय पठाएको हुन्छ। उनि भन्छिन- डिजिटलाइज्ड सडक बनाउने अभियानमा यो कार्य एउटा कोशेढुंगा साबित हुनेछ, र यसबाट दुर्घटना न्यूनीकरण र जोखिम समेत न्यूनीकरण हुने आशा गरिएको छ।
आफैमा एउटा सरल र शालीन महिला तथा संवादले समस्या समाधान गर्न सक्ने महिला निरिक्षकको रुपमा प्रस्तुत हुने रन्जु महिलाहरु प्राकृतिक रुपमा नरम हुन्छन भन्ने भनाई छ तर सुरक्षा जिम्मा पाएको संगठनमा भएपछी महिला पुरुषभन्दा पनि कार्य र जनसुरक्षा तथा सेवा प्रमुख रहने उनको भनाई छ। सेवा ग्राहीहरुलाई छिटो छरितो सेवा दिन टिम वर्कको ठुलो भूमिका रहने हुनाले जिल्ला ट्राफिक कार्यालयले अघि बढाएको अभियानमा सबैको सहयोग रहनुपर्ने प्रहरी निरिक्षक केसीले बताईन।
रन्जु केसीसंगै रुपन्देहीको ३ स्थानमा प्रहरीका अधिकृतमा महिलाको नेतृत्व रहेको छ। जिल्ला ट्राफिक कार्यालयमा रन्जुको नेतृत्त्वसंगै ईलाका प्रहरी कार्यालय बेथरीको प्रमुखको रुपमा इन्स्पेक्टर सबिता जि.सी. र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुसन्धान मुद्धा शाखाको कमाण्ड सम्हाल्दै आएकी प्रहरी निरिक्षक अमृता के.सी.ले अहिले जनताको सेवामा अग्रसर रहेका छन्। यसरी सुरक्षाको क्षेत्रमा महिलाको यो नेतृत्व एउटा कमाण्ड मात्रै होइन समाज रुपान्तरणको मिठो उदाहरण समेत हो।
कमेन्ट गर्नुहोस्