
शंकरनगर। तिलोत्तमा नगरपालिका रुपन्देहीको शंकर नगर बनबाटिका परिसर भित्र रहेको बहुउपयोगी भवन ( भ्यु टावर) संचालनका लागि अनुमति पाएको छ। बिगत २/२ बर्ष सम्म नगरपालिकाले निकालेको ठेक्का सम्झौता भएपनि ठेगदार कम्पनीले सो भवन संचालन गर्न सकेको थिएन। नगरपालिकाले आफ्नै लगानीमा सो निर्माण कार्य सम्पन्न गरेपछि अहिले त्यस अगाडिको उद्यान र अन्य संरचना बनाइरहेको छ।
हालै सार्बजनिक भएको बजेटमा समेत अब नगरपालिकाले नै संचालन गर्ने गरि बजेट समेत बिनियोजन गरेको सो बहुउपयोगी भवन ( भ्यु टावर)लाई संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वीकृति प्रदान गरेपछि अहिले नगरबासीमा खुसी छाएको छ।तत्कालिन नगरप्रमुख बासुदेव घिमिरेको कार्यकालमा निर्माण भएको सो बहुउपयोगी भवन ( भ्यु टावर)लाई संचालन गर्न यसपालीका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्यहरु,वडा अध्यक्ष तथा सदस्यहरुको नगरपालिकाबाटै आफै संचालन गर्न सुझाव सहित निर्णय भएकोले सो प्रक्रिया पुरा भएको जानकारहरुले बताउछन।
नगर प्रमुख खाणले नगरपालिकाको अर्को खुसी थपिएकोमा सबै नगरबासीहरुमा बधाई तथा शुभकामना दिंदै सो बहुउपयोगी भवन ( भ्यु टावर)को संचालन सबैको सहयोग र समन्वय बाट गर्ने र यस क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न आगामी दिनमा लागिपर्ने समेत बताएका छन्।पर्यटन पूर्वाधार तथा पर्यटन उपज बिकास साझेदारी कार्यक्रम ( संचालन तथा व्यवस्थापन ) निर्देशिका २०७७ बमोजिम संचालन गर्न अनुमति दिइएको नगरप्रमुख खाणले बताए।
कमेन्ट गर्नुहोस्