लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिङ्गरनगर दूरगामी सहकारीका व्यवस्थापक प्रहरी नियन्त्रणमा

IMG

डिङ्गरनगर। बचतकर्ताको करोडौं रकम अपचलन गरी सम्पर्क बिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमाका–३ रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै शुक्रबार साँझ नियन्त्रणमा लिइएको बताए ।पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरुले ठगीको आरोपमा उजुरी दिएका थिए । जसमा अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको रानाले बताए ।


पराजुलीलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । आज शनिबार भएकाले आइतबार अदालतबाट म्याद थपका लागि लगिने डीएसपी रानाले बताए ।व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो । त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्