
तिलोत्तमामा अब प्राबिधिक शिक्षा,पिसिएल नर्सिङ्ग र डिप्लोमा इन फार्मेसीको सम्बन्धन प्राप्त
टिकुलिगढ़। तिलोत्तमा-१४ टिकुलिगढ़मा रहेको तिलोत्तमा सिटी कलेजलाई आगामी आ.ब २०८२/०८३ देखी सिटीइभिटीसंगको सम्बन्धनमा पिसिएल नर्सिङ्ग र डिप्लोमा इन फार्मेसी कक्षा संचालन गर्न नगर सभाले नीतिगत निर्णय साथै आवश्यक बजेट समेत बिनियोजन गरेको जानकारी गराएपछी सो कक्षाहरु संचालन गर्न सिटीइभिटीले स्वीकृत प्रदान गरेको जानकारी प्राप्त भएको छ । प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको निर्णय अनुसार पिसिएल नर्सिङ्गमा ४० जना र डिप्लोमा इन फार्मेसी को कक्षामा ४० जना गरि भर्ना लिएर अध्यापन शुरु गर्ने नगरपालिकाले जनाएको छ।
तिलोत्तमा नगरपालिकाको गौरवको योजना अन्तर्गत राखिएको तिलोत्तमा बहुप्राबिधिक कलेज लामो समयको निरन्तर प्रयास पछि भएको सफलताले आफुलाई खुसि तुल्याएको नगर प्रमुख रामकृष्ण खाणले बताए। नगर प्रमुख खाणले तत्कालिन जनप्रतिनिधि र हालका जनप्रतिनिधि एबम सबैको प्रयत्नले सार्थकता पाएको यस कलेजबाट सर्बसुलभ रुपमा तिलोत्तमाका विद्यार्थी तथा अन्य स्थानका विद्यार्थीले समेत गुणस्तरीय प्राबिधिक शिक्षा प्राप्त गर्ने अवसर मिल्ने बताउनुभयो।
नगरपालिकाले आफ्नै लगानीमा निर्माण गरेर सम्पन्न गरेको सो भवन प्रयोग बिहिन थियो। यस आर्थिक बर्षमा नगरपालिकाले भर्खरै सम्पन्न बजेट नीति कार्यक्रममा समेत संचालनका लागि बजेट बिनियोजन गरेको छ।
कमेन्ट गर्नुहोस्