
तिलोत्तमा । सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै सुनचाँदी व्यवसायीहरूले सोमबार पनि विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरुले सोमबार रुपन्देहीका विभिन्न स्थानमा मोटरसाइकल ¥यालीसहित विरोध सभा गरेका हुन् । रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा तिलोत्तमाको मणिग्रामबाट सुरु भएको मोटरसाइकल ¥याली देवदहमा पुगेर सम्पन्न भएको थियो । महासंघ केन्द्रिय सदस्य चेतनारायण विश्वकर्माले महासंघले व्यवसायीको मागको सम्बन्धमा निरन्तर पहल गरिरहेको बताउँदै सुनचाँदी ब्यवसायीहरुलाई पयालन गराउने उद्देश्यले कर थोपारिएको आरोप लगाउनुभयो ।
यस्तै रुपन्देही सुनचाँदी व्यवसायी संघका सल्लाहकार प्रेम सेन्चुरीले लामो समयदेखी पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिरहदा यसको समग्र असर अर्थतन्त्रमा परेको जनाउँदै यथाशीघ्र ब्यवसायीमा माग संबोधन गर्न सरकालाई आग्रह गर्नुभयो । पूर्व केद्रिय सदस्य जोगलाल विश्वकर्माले सरकारले व्यवसायीका जायज माग नसुने अदालतसम्म पुग्ने चेतावनी दिनुभयो ।संघका निवर्तमान अध्यक्ष रामकिसन विश्वकर्माले बजेटले गरेको विलासी करको व्यवस्था अव्यवहारिक रहेको भन्दै अव्यवहारिक कर तत्काल खारे्ज गर्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।
.कार्यक्रममा व्यवसायी विक्रम सुनार, गोपाल विश्वकर्मा, दिपक कौशल, मनोज सेन्चुरी, हरि विश्वकर्मा, सुजता गहतराज, कृष्ण रसाइली, इन्द्र सुनार, राजन रसाइली, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि प्रसाद भण्डारी, ब्यापार संघ देवदहका अध्यक्ष कोष बहादुर गुरुड्ड लगायतले सुनमा लगाइएको कर तत्काल खारेज गर्न माग गर्नुभयो ।
कमेन्ट गर्नुहोस्