लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको कुन्जपार्कमा नाइटपार्कसंगै म्युजिकल वाटर फ़ाऊण्टेन शिलान्यास : स्थानीयवासी खुसी

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्ज पार्कमा शनिबार नाइट पार्क संगै म्युजिकल वाटर फ़ाऊण्टेन शिलान्यास गरिएको छ। पर्यटन विकासको आधारशिला स्थापना गर्न  नाइटपार्कसंगै म्युजिकल वाटर फ़ाऊण्टेन ल्याएको भन्दै स्थानीयबासी खुसी भएर नगरपालिका प्रति धन्यबाद ज्ञापन गरेका छन्। कुन्जलापुरको आर्थिक विकास र पर्यटन प्रबर्द्धनमा समेत ठुलो योगदान पुर्याउने र समग्र क्षेत्रलाई परिचित गराउने गरी नाइटपार्कसंगै म्युजिकल वाटर फ़ाऊण्टेन निर्माण गर्न लागेको भन्दै स्थानीयबासीहरुले खुसि व्यक्त गरेका हुन्।


सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले कुन्जपार्क, बनबाटिका, बाऊन्नकोटी, जमुहानी पार्क, जस्ता तिलोत्तामाका गर्विलो पार्खारुलाई जोड्दै पर्यटकलाई सबै पार्क घुमाउन उत्सुकता जाग्ने गरि पर्यटनको आधारमा लगानी गरिएको बताए। सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले ऎतिहासिक स्थल तथा पर्यटन र धार्मिक स्थलको संगम कुन्जपार्कलाई अझै राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेकी थिइन्। 


कुन्जपार्कमा डिपीआर अनुसार करिव १ करोड ५० लाख लाग्ने सो निर्माणकार्य ठेगदार कम्पनिले १ करोड २६ लाखमै बनाउने भएपछी निर्माण सुरु गरिएको हो। शनिबार नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले एक भव्य समारोहका बीच शिलान्यास गरेसङै निर्माणको काम सुरु भएको छ। झरना स्पोर्ट्स क्लबले संरक्षण गर्दै आएको सार्वजनिक जग्गामा रहेको कुन्जपार्कको समग्र बिकासका लागि सो निर्माण सुरु गरिएको अध्यक्ष लोक पुनले बताए।कुन्जपार्क प्रति पर्यटकको आकर्षण झन् तिब्र बढ्दै गएकोले नगरपालिकाले सो स्थानलाई रोजेर प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्दै आएको र क्रमिक रुपमा पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।


वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको वडा अध्यक्ष गणेश पाठकले बताए।पर्यटक आर्कषणको केन्द्रको रूपमा लिइएको फ़ाउण्टेन पार्क बन्ने भएपछि स्थानीयबासीहरु खुसी भएको अध्यक्ष पाठकले बताए।कार्यक्रममा नगर प्रमुख खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक,  लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम कुन्जपार्कका सचिव सगिता गुरुङले सञ्चालन गरेकी थिइन्। 

कमेन्ट गर्नुहोस्