लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको रसीतान खेलमा जनप्रतिनिधि महिला र नगरप्रहरी तथा चालकको समूहको विजय

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा रसितान खेल सम्पन्न भएको छ। कुन्जपार्कमा भएको सो खेलमा नगरका जनप्रतिनिधी र कर्मचारी बीच भएको रसी तान्ने प्रतियोगितामा महिलातर्फ जनप्रतिनिधिले कर्मचारीहरुलाई ३ सेटमा २-१ को जित हासिल गरेर उपाधि जितेको छ भने पुरुषतर्फ नगर प्रहरी र चालकहरुको कर्मचारी टिमले जनप्रतिनिधिलाई ३ सेटमा २-१ को जित हासिल गरेर उपाधि जितेको हो।


प्रतियोगितामा बिजेता र उपबिजेतालाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल एबम वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा पुरष्कार प्रदान गरिएको थियो।खेलमा पुरुषतर्फ ८ टिम थिए भने महिलातर्फ ४ टिम थिए।खेल मार्फत जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध प्रगाढ हुने उदेश्यले सो खेल खेलाइएको नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्