लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैको सहारा बनेका करौजियाका क्याप्टेन नरजंग बुवा

IMG

करौजिया। करौजियाको नाम लिने बित्तिकै एक अर्को नाम पनि झ्याप्पै दिमागमा आउने गर्दछ त्यो नाम हो क्याप्टेन नरजंग गुरुङ। पल्टनमा गरेको दु:ख सम्झदै क्याप्टेन गुरुङले समाजसेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने मान्दै आएका छन्। सबैको जीवनस्तरलाइ माथी उकास्ने एक सच्चा समाजसेवी बनेका बुवा क्याप्टेन नरंजग गुरुङ, गाउँमा कोही बिरामी पर्दा होस वा ब्यवहारिक कामको लागि लागिपरेर सहयोग गर्दछन। तिलोत्तमा-१३ करौजिया टोलमा बसोबास गर्ने उनी सो गाउँका अग्रज समेत हुन्। क्याप्टेन गुरुङ पुर्ब टोल बिकास समितिका अध्यक्ष समेत हुन । 


स्थानिय स्तरमा कुनै धार्मिक कार्य होस् या सांस्कृतिक , भेसभुसा होस् या रहनसहन उनि एउटा धुरीखाबो भएर अडिएका छन्। सदैब टोल र गाउँको दु:ख आफ्नै परिवारको दु:ख सम्झने नरजंग बुवाले स्थानिय स्तरका युवाहरुमा समेत खेलकुद जगतमा ठुलो योगदान पुर्याएका छन्। समाजको आपत बिपतमा होस वा अस्पतालमा कसैलाइ समस्या परेको बेलाबखत होस उनले धेरैभन्दा धेरैलाई सहयोग गरेको स्थानिय एक युवा धनबहादुर चौधरीले बताएका छन्। हुन त कसैलाई गरेको सहयोग एउटा हातले दिंदा अर्को हातले थाहा नपावोस भनिन्छ, तर नरजंग बुवाले देखाएको समाजप्रतिको सहयोगी भावना शब्दमा कोर्न सजिलो छैन- चौधरीले भने। 


नि:स्वार्थ भावना बोकेको समाज र देशकै लागि आफ्नो पौरख र परिश्रमले सहयोग गर्ने बुवा क्याप्टेन नरजंग बुवाले  तिलोत्तमा नगरपालिकाको अभियान क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमालाई समेत आत्मसात् गर्दै क्लिन करौजिया ग्रीन करौजिया भन्ने समाज सुधारक उदाहरण पेश गरेका छन्। एउटा अभिभावकको रुपमा अडिएका क्याप्टेन नरजंग बुवाले देखाएको समाज प्रतिको सहयोगी भावनाको सबैले प्रशंशा गरेका छन्। 

कमेन्ट गर्नुहोस्