
ड्राइभरटोल। तिलोत्तमाको बजेट नगरसभाबाट सर्बसम्मतीले पारित भएको छ । आव २०८२/८३ का लागि रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट शुक्रबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको हाे ।नगरपालिकाको दोस्रो नगरसभा सातौ अधिबेशनको चौथो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ५ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु. २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
सोहीअनुसारको बजेट नगरसभाको चौथो बैठकमा पेश भएको हो ।बजेटमा चालु खर्चतर्फ रु.१ अर्ब २९ करोड ४० लाख ७२ हजार(४४.१७%) र पूँजीगततर्फ रु.१ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ (५५.८३%) विनियोजन गरिएको छ । आज सम्पन्न नगरसभामा बेरुजु सम्परिक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिबेदन माथि छलफल गरी सभाबाट सर्बसम्मतिले पारित गरिएको छ।
ड्राइभरटोल स्थित टूलिप होटलको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए भने नगर उपप्रमुखले बजेट सम्बन्धी बिस्तारित प्रस्ताब पेश गरेकी थिईन। प्रस्तावमा नगरसभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण नगरप्रमुख खाणले गरेका थिए। विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जगेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।
कमेन्ट गर्नुहोस्