
कुञ्जलापुर। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २२ जना विद्यार्थीलाई सम्मान गरेको छ ।केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याउने बिद्यार्थी, अभिभावक र बिद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।
नेपालमै तिलोत्तमाको नाम चम्काएका नक्षत्रको सम्मानमा सर्वोत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले नगद १० हजारसहित सम्मान पत्र र खादा सहित बिद्यार्थीलाई सम्मान गर्नुभएको छ भने ४ बिद्यालय र अभिभावकहरुलाई समेत सम्मान गर्नुभएको हो।
कार्यक्रममा शुभकामना तथा बधाई ज्ञापन गर्दै नगरपालिकाका नगरप्रमुख खाणले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको र अझ देश बिदेशमा तिलोत्तमाको नाम चम्काउन सफल भएकोमा खुसी व्यक्त गर्नु भयो। सो अवसरमा विद्यार्थीलाई बधाई दिंदै उपप्रमुख चौधरीले सामुदायिक बिद्यालयमा गरिएको लगानीले सार्थकता अपाएको र आगामी दिनमा बिद्यार्थी मात्रै होइन बिद्यालय विद्यालयबीच नतिजाका अलागी प्रतिश्प्रधा हुनु राम्रो कुरा रहेको बताउनुभएको छ।
सो बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले एसईईको तिलोत्तमाको नतिजाले नगरको सामुदायिक विद्यालयबाट पनि सर्वोत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको बताउनुभएको छ। एकजनाको प्रयासले मात्र यो सफलता हात नलागेको बताउंदै अर्यालले सबैको हातेमालोले शैक्षिक जगतमा नयाँ आयाम आएको बताउनुभएको छ।
सो अवसरमा बोल्दै होराइजन जिबिएसका प्राचार्य गोपाल पाण्डेले समग्र विद्यालयहरुको गुणस्तर वृद्धिको लागि नगरपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहनुपर्ने बताउनुभयो।त्यस्तै शान्ति नमुना माविका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बिद्यार्थी अभिभावक शिक्षकसंगै नगरपालिकाको अथक प्रयासबाट यो सफलता हासिल गर्न सफल भएकोमा सबैलाई धन्यबाद दिनुभयो।कार्यक्रमको संचालन शिक्ष अधिकृत धनि प्रसाद शर्माले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्