
कोटिहवा। थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिती रुपन्देही द्वारा सफ्टवेयर डेभलपमेन्ट र प्रोफेशनल एकाउन्टिङ तालिम समापन भएको छ। तिलोत्तमा १५ कोटिहवा स्काइ इन होटेलमा नगर सभाका सभापति आशा कुमारी चौधरी को सभापतित्व, प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वरदेबी चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथी थाकस जिल्ला सभापति कमलनारायण चौधरी,तिलोत्तमा नगरपालिका वडा नं १५ का वडा अध्यक्ष खेमराज गुरुङ, नेपाल आदिबासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का सचिब धन बहादुर चौधरी लगायत तालीम प्रशिक्षक तथा प्रशिक्षार्थी र थाकस नगर समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नगर समितिका सचिब दिननाथ कवरले संचालन गर्नुभएको थियो भने स्वागत मनतब्य थाकस नगर समिती सह- सचिब चन्दन चौधरीले गर्नुभएको थियो। सफ्टवेयर डेभलपमेन्ट तालिम तर्फ १५ जना र प्रोफेशनल एकाउन्टिङ्ग तालिम तर्फ १५ जना गरि ३० जनालाई तालिम दिइएको थियो।
कमेन्ट गर्नुहोस्