लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको बजेट करिव ३ अर्ब,चालुबर्षको तुलनामा १६ करोडले वृद्धि

IMG

शंकरपुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु. २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु.१ अर्ब २९ करोड ४० लाख ७२ हजार(४४.१७%) र पुजिगत खर्च रु.१ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ (५५.८३%) बराबरको बजेट प्रस्तुत गरिएको हो। नगरपालिकाले आफ्नो दोस्रो नगर सभा, सातौ अधिबेशन (तेस्रो बैठक)मा प्रस्ताव राख्दै उपप्रमुख जगेश्वर देवी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गर्नुभएको हो। 


तिलोत्तमाले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा १६ करोड ३१ लाख ४९ हजारले ५ सय ८२ रुपैयाले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रहेको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताउनुभयो ।सोमबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको बताउनुभयो ।


कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताउनुभयो ।दोस्रो अधिवेशनको सोमबार बसेको दोस्रो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रस्तुत बजेट तथा आर्थिक ऐनको दफाबार छलफलका लागि असार २० गते दिउँसो ११ बजे चौथो बैठक बस्ने बताइएको छ ।


कमेन्ट गर्नुहोस्