लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय स्तरमा पशुपति माविका छात्राले एथलेटिक्समा जिते स्वर्ण मंगलबार हर्षोल्लासका साथ नगर परिक्रमा गराइयो

IMG

कोटिहवा। पशुपति मावि तिलोत्तमा १५ कोटिहवा रुपन्देहीमा अध्ययनरत छात्राहरुले देशब्यापी रुपमा आयोजित विद्यालयस्तरिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन । राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर, काठमाण्डौंको आयोजना तथा नेपालय इन्टरनेशनलको सह आयोजनामा आयोजित यु १४ बर्ष मुनिको एथलेटिक्स विधामा चाँदनी पासी, करिष्मा सिंजाली, अनुष्का थारु र अस्मिता चौधरीले स्वर्ण पदक जितेर तिलोत्तमा कै गौरव बढाएको विद्यालयका प्राचार्य बिएन भट्राईले जानकारी दिनुभयो।


जेठ २५ र २६ गरि २ दिनसम्म आयोजना गरिएको प्रतियोगितामा देशभरिका प्रतिस्प्रर्धीहरुलाई पछि पादै चाँदनीले एकल ८०० मीटर दौडतर्फ स्वर्ण जितिन भने उनै चाँदनी, करिष्मा, अनुष्का र अस्मिताको समुहले रिले ४ सय मीटर दौडतर्फ पनि स्वर्ण जित्दै किर्तिमान कायम राख्न सफल भएका प्राचार्य भट्राईले बताउनुभयो । वहाँले यो जित पशुपति माविको मात्र नभई सिँगो तिलोत्तमा कै जित भएको बताउदै विद्यार्थीहरुलाई खेलकुद लगायतका विधामा उत्कृष्ट प्लेटफर्म प्रदान गर्न विद्यँलयले कुनै कसर बाँकी नराखेको पनि बताउनुभयो । साथै विद्यार्थीहरुको सम्मानमा विद्यालयले मंगलबार विजयी जुलुशको आयोजना गरि नगर परिक्रमा गरेको पशुपति माविले जनाएको छ । 

कमेन्ट गर्नुहोस्