लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा जेष्ठ २६ गते दोस्रो एमजिके इन्टरडोजो डिस्ट्रिकलेभल करांते हुने

IMG

शंकरपुर। रुपन्देहीको तिलोत्तमामा दोस्रो एमजिके इन्टर डोजो डिस्ट्रिक लेभल करांते च्याम्पियनशिप हुनेभएको छ । दोस्रो एमजिके अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था जापान गोजिरियो डो मिसन एशोसियनस नेपालका केन्द्रिय प्रशिक्षक केबि रानाले बताउनुभयो।जापान गोजुरियो करांते डो मिसन संघ नेपालको आयोजनामा यही जेष्ठ २६ गते जिल्ला स्तरको करांते प्रतियोगिता हुने भएको छ।


तिलोत्तमाको वडा नम्बर-९ स्थित बन्धु होटलमा हुने सो कार्यक्रमको पुर्ण तयारी भैरहेको संस्थाका अध्यक्ष तथा फ़ाऊण्डर के बी राना (काजी)ले बताउनुभयो।एमजीके जिल्ला स्तरिय करांते च्याम्पियनशिपको लागी जिल्लाभरका साढे ३ सय देखि ४ सय जना सहभागी हुने आयोजकका तर्फबाट अध्यक्ष तथा फ़ाऊण्डर काजीले बताउनुभयो। उनले यस्तो खालको प्रतियोगिताले देशको खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याउने र खेलाडी उत्पादनमा सहयोग पुग्ने हुनाले सबै सहयोगीहरुमा सहयोगका लागि अपिल समेत गरेका छन्। प्रेम, अहिंसा कायम कराते खेलको महत्व अति हुने बताउदै काजीले नेपालको परिप्रेक्ष्यमा गोजुरीयो कराते अत्यन्तै सबल रहेको समेत बताए ।प्रतियोगितामा विभिन्न तौल समूहको प्रतियोगिता हुने आयोजकले बताएका छन् । 

कमेन्ट गर्नुहोस्