
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । तिलोत्तमा नगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखाको आयोजनामा जिल्ला खोप समन्वय समिति तिलोत्तमा नगरपालिकाको समन्वयमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणले स्वास्थ्यकर्मीले उत्साहका साथ काम गरेकाले बालबालिकाले खोप लगाउन पाउने मौलिक अधिकारको सुनिश्चितता गरिएको बताए । उनले स्वास्थ्य बिनाको समृद्धि सम्भव नभएको र पालिका भित्र नसर्ने वा प्राण घातक रोगका बिरामी कम हुँदै गएको बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले तिलोत्तमा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता गरे जस्तै रुपन्देहीका अन्य पालिकाले सिको गर्नुपर्ने बताए ।जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत सुरेन्द्र द्विवेदीले सबैको साथ सहयोगले पूर्ण खोप सुनिश्चितता भएको बताए । बालबालिकाले खोप पाउनु मौलिक हक हो । पालिकाको सकारात्मक सहयोगले मात्रै घोषणा गर्न सफल भएको हो, उनले भने, “कर्मचारीको सक्रियताले सफल भएको हो ।”कार्यक्रममा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्य शाखाका कर्मचारीहरुको लगाव र नगरपालिकाको उत्तरदायित्वले खोप सुनिश्चितत हुन पुगेकोमा खुसी व्यक्त गर्दै सबैलाई बधाई र शुभकामना दिईन। घोषणा कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक,स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल, स्वास्थ्य निरिक्षक केशव भटर्राईले खोपजन्य रोगबाट बच्नका लागि खोप अनिवार्य भएको र ति खोपहरुको नियमित व्यवस्थापनले घोषणा कार्यलाई सबल बनाएकोले यसलाई निरन्तरता दिंदै नगरबासीको स्वास्थ्यमा चनाखो हुनुपर्ने बताएका थिए।
कमेन्ट गर्नुहोस्