लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नजरको नर्क

IMG
 नजरको नर्क  


खै कसलाइ के सुनाउ,यत्रतत्र हेर्छु सबै उस्तै देख्छु सबैको नजर फरक ! आखिर के छ त्यो नजरमा तेहि मान्छे आफ्नो हो भने ओहो हुने अरुको हो भने कोहो कोहो.. आखिर मानव भएसि मानवता हुनु उस्को संस्कार होइन र ? मानव भएर मानव बिच नै किन यति तिरस्कार ? काटे रगत रातो आउने होइन र ? कि उ फरक रंग लिएर हिडेको छ र ?? किन मान्छेलाइ मन्जिल संग कुरा गर्न आउदैन ? भलो गर्ने मान्छेभन्दा कुभलो नै चिताउने मान्छे भेटिन्छन ! जसको नजर नै नर्क जस्तो छ उसैले नै स्वर्ग पुगिने जस्तो कुरा गर्ने ! आदर्शवादिका कुरा गरे भन्दैमा उसको सोँच, हेर्ने नजर पुरै आदर्श हुने हो र ? नजर जूदाएर सत्यकुरा गर्ने मान्छे त बिरलै पाइन्छ सिक्का पैसा जस्तो ! 


फेरि यस्ता मान्छे संग अदभुत प्याकेज हुन्छन ! समझदार संगै बदलाको भावना। मान्छे कति सुलसुले हुन सक्छ है एकजनालाइ चैन हुँदा अर्कोलाइ बेचैन हुन्छ,अर्कोलाइ बेचैन हुदा फेरि अर्कोलाइ चैन हुन्छ यस्ता मान्छेलाइ कति हेरि बस्नु हेराइ पनि कस्तो के। हेराइ त करुण र सजल नयन छ उनिहरुको तैपनि अनावश्यक शंका गर्दै अनेक आरोप लगाउछन। उनिहरुको ह्रदयमा अरुको रिसराग यति भरिएको छ कि जसरि एउटा कलसमा पानि भरिन्छ ! फेरि सोचे हुनेले पो कला देखाउछन नहुनेले हो चर्तिकला देखाउने । यहि चर्तिकला देखेर म बिवश हुन्थे जसरि ओइलिएको पात जस्तै । हासो नमिलेतापनि हो मा हो मिलाउँदै हास्नु बाहेक म संग अरु कुनै विकल्प हुँदैन। 


एकछिन निकैबेर आफै नजरअन्दाज गर्छु। कति नकरात्मक भाव छ किन अरुले प्रगति गर्न सक्दैन्न र ? अरु मानिस चाहि अब्बल हुन सक्दैन्न र ? उनिहरु पनि मेहेनतको लागि काविल हुन सक्दैन्न र ? एकदिन मेहेनत गर्छन अनि उनिहरु पनि चुचुरो सम्म पुग्छन ! अरुको उमेर पुगेपछि निघारमा गाठा पर्छन तर उनिहरुको भने कसैको प्रगतिमा..! आफु भने एक अंजुलि पानि दिन हम्मेहम्मे हुने अरुको चाहि चुलोचौकौ नै उठिबास लगाउने । हो यस्तै सामाजिक सत्यतथ्यमा आधारित चलचित्र संगै बितेका छन कैयौँ दिन रात यस्को लागि म बाध्य पनि थिए र सुने पनि। केहि दिन ननिदाएको मान्छे जस्तो छटपटाउथे यो संगै मेरो मुटु ढकढक हुन्थ्यो अनि आफ्नै कानलाइ आला कोचेर आफ्नै मनको ढुकढुकि सुन्दा चाहि बढो मजा लाग्ने। यसरि नै बितिरहन्थे मेरा कैयौ दिनहरु ! 


 समाजले कि शक्ति भएक कि भक्ति भएकाहरुलाइ गर्व महसुस गर्छन जस्तो लाग्थयो तर म भ्रममा रहेछु। इमान्दारलाइ छलकपट गरेर उनिहरु नै आशा र भरोसाका केन्द्रबिन्दु हुन पुग्छन। फेरि मलाइ लाग्छ उनिहरु आफुले आफैलाइ अध्यारो गल्लिमा हुत्याइरहेका छन। यति गरेर सहि र उज्यालो मार्ग त यो पक्कै होइन तैसैलै एकदिन आफै पछारिन्छन आफ्नै बोलि अनि बुद्दि संग अनि सहि मुल्याकंन हुनेछ । सुर्यको किरण संग निन्द्रले साथ छोड्दा आफ्नो इन्द्रय पनि आकाश जस्तो सफा र स्वच्छ देखिन्छ अनि केहि बेरमै नुन खाएको कुखुरा जस्तो हुन्छ अनि आफ्नै आँखा धमिला आशुले भरिन्छन। कस्तो लाचार आँखा होलान है सबैलाइ घृणाको नजरले हेर्ने। यस्तै तमाम सोच विचारले भरिन्छ मेरो दिमाग ! रेडियो बरु दिनमा तेति अबेर सम्म बज्न सक्दैनथ्यो होला मेरो दिमागमा तेति धेरै कुरा बज्ने गर्छन।


आफ्नै आन्नदमा मग्न थिए। हजारौ पटक अनुशासन र इमान्दारिताको गल्लिमा  हिड्न खोजेँ। लाखौँ पटक लडे र आफै उठे ! कहि ठाउँमा उठ्न सके भने कयौँ ठाउँमा सयौँ कोशिसले अगाडि बढाउन बाध्य भए। कैयौ पटक ऐनामा आफुलाइ नियाल्दा आशाको चमक कहिले देखिन सधै  थकित मन, रौनक नभएको रुप, गलेका हातखुट्टा। मेरो कल्पना त केवल कल्पनातित आन्नदमै सिमित रहि मुटुको स्पन्दनमा उत्साह, उमंग, अपेक्षाको भाब अनुहारबाट उडिसक्यो । मेरो भोगाइको ठुलो आवाज हो यो। हुन त कुनै आकर्षको आबेग त नहोला  तर पनि यसको औपचारिकताको पर्दा कहिले हटेन। बन्द भयो त केबल अनुशासनको ढोका !

                                                                                                                                                                                             साक्षी तिवारी, तिलोत्तमा १५ ,कोटिहवा 

कमेन्ट गर्नुहोस्