
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा जिल्ला स्तरीय पन्ध्रौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले ब्यानर बाचन गरेर र लामो दुरीको दौड प्रतियोगितामा गन स्टार्ट गरेर उद्घाटन गरेका छन्। जिल्ला खेलकुद विकास समितिको आयोजना, नगर खेलकुद बिकास समितिको संयोजन तथा तिलोत्तमा नगरपालिकाको ब्यबस्थापनमा शनिबार देखि दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणका खेल हरु संचालन भैरहेको छ। शनिबार बिहान भएको उद्घाटन खेल लामो दुरीको दौड भएको थियो।
कुञ्जलापुर स्थित उमा आधारभुत बिद्यालयको झरना खेल मैदानमा भएको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद प्रतोयोगिताले ठुलो योगदान गर्ने र देशको पहिचान विश्वमा बनाउन सक्ने बताउनुभयो।सो अवसरमा बोल्दै उपप्रमुख जागेश्वर देवी चौधरीले खेलाडीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने उदेश्यले भएको यस प्रतियोगितामा १६ पालिका देखि खेलाडी आउनुपर्नेमा जम्मा ७ वटा पालिकाबाट आएकोमा दुख ब्यक्त गर्दै आगामी दिनमा बिद्यालय स्तर बाटै खेलादिहरुलई प्रतियोगितामा समाबेश गर्नुपर्ने बताउनुभयो।
रनिङ्गशिल्डमा भलिबल प्रतियोगिता, एथ्लेक्टिक्स तर्फ लामो दुरी तथा छोटो दुरीको दौड , हाइजम्प लम्जंप, कबड्डी,कराते प्रतियोगिता लगायतका प्रतियोगिता भैरहेको छ।प्रतियोगिता तिलोत्तमा नगरपालिका प्राङ्गणमा भलिबल प्रतियोगिता, कुञ्ज मैदानमा एथ्लेक्टिक्स, बन्धु होटल शंकरपुरमा करांते, तेक्वान्दो तथा कबड्डी प्रतियोगिता भैरहेको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो।पन्ध्रौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार सम्म सो खेल हुने र ४ बजे पछि समापन समारोह हुने आचार्यले बताउनुभयो।
कमेन्ट गर्नुहोस्