
सेमरा। तिलोत्तमा नगरपालिकाले आफ्नो वडामा भएका नगर स्तर, संघिय र प्रदेश स्तरका बिकास निर्माणका योजनाहरुको नियमित अनुगमन गरेको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको नेतृत्वमा गएको टोलीले वडामा सम्पन्न तथा सम्पन्न हुन बाँकी आयोजना हरुको नियमित अनुगमन गरेको हो। नगरबाट ठेक्का सम्झौता भएका तथा उपभोक्ता समिति मार्फत आयोजित योजनाहरुको सुक्ष्म अनुगमन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो।
नगरपालिकालाई बिकास निर्माण र आयोजनालाई चुस्तदुरुस्त बनाउन र टिकाउ युक्त योजना निर्माण गर्न अनुगमन गरिएको उहाँको भनाई छ। नगरपालिकाले एक वडा एक किलोमिटर सडक संगै प्राथमिकताका आधारमा १ करोड देखि ५ करोड र त्यसभन्दा माथिका गौरवका आयोजनाहरु समेत पस्केको छ। अनुगमनको क्रममा अर्यालको ईन्जिनियर सहितको टोलीले तिलोत्तमा-६ मा रहेको हरियाली सामुदायिक बन भित्र रहेको पार्कमा बोरिङ्ग निर्माण , तिलोत्तमा -३ मा रहेको सुनौलो नगर ७ क को बाटो निर्माण,तिलोत्तमा-८ को आमा समूह ट्रस्ट निर्माण, तिलोत्तमा -९ को पिच सडक निर्माण, वडा नम्बर ११ मा रहेको वडा भवन,कुमारी टोल बिकासको २ कोठे भवन,कालिका मन्दिरको ट्रस्ट, तिलोत्तमा-१३ को मैरहवा नाली कल्पोर्ट, तिलोत्तमा-१४ मा रहेको वडा भवन तथा बाउण्डरी, तिलोत्तमा १० सेमरा देखि कन्छिबजार सडक निर्माण सहितको विभिन्न बिकास निर्माणको अनुगमन गरिएको छ। अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत अर्यालसंगै लेखा अधिकृत रमेश बस्याल, योजना शाखा प्रमुख इन्जिनियर प्रदिप बन,विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता थियो।
कमेन्ट गर्नुहोस्