
बुटवल ।बुटवल उपमहानगरपालिकाकाे आर्थिक सहयोगमा सञ्चारिका समूह रुपन्देहीको आयोजनामा लैंगिक समानता र समावेशी सम्बन्धि पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । तालिम संचार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको दक्षता र आत्मविश्वास बढाउने उद्धेश्यले आयोजना गरेको उत्त कार्यक्रममा संचार क्षेत्रमा काम गर्ने ५० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले पत्रकारहरुलाई सक्षम बनाउने र विभिन्न विषयमा फेलोसिप , स्टोरी लेख्न ऊर्जा मिलोस भनेर यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसै गरी उपप्रमुख सावित्रा देवी अर्यालले पत्रकारहरुलाई समाजमा भएका विषयलाई उठाएर परिवर्तन ल्याउन सक्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अवस्थामा यस्ता कार्यक्रमले थप उर्जा थप्ने बताउनु भयो । उपप्रमुखले अधिकारले पाएको न्यायिक सम्पादन ,बजार अनुगमन र राजश्व परामर्शमा निष्पक्ष तरिकाले गएको बताउनु भयो ।
यसै गरी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारले सिकेका सीप लेखन तथा रिपोर्टिङ अझ दक्षता सहित गर्नु पर्ने बताउनु भयो । लगायतले कार्यक्रममा बोल्नु भएको हो ।कार्यक्रम संचारिका समुह रुपन्देहीकी अध्यक्ष मिना ढकालको अध्यक्षता उपाध्यक्ष्य अस्मिना पाण्डे स्वागत र सचिव पूजा पन्थीको संचालनमा सम्पन्न भएको थियो ।तालिमको सहजीकरण संचारिका समुह रुपन्देहीकी निवर्तमान अधयक्ष निरु गौतम,बुटवल उपमहानगरपालिका राजश्व शाखाका प्रमुख रोशन कुमार रेग्मी , पत्रकार महासंघ रुपन्देहीका सि पि खनालले गर्नु भएको हो ।
कमेन्ट गर्नुहोस्