
तिलोत्तमामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि वडा नम्बर-५ मणिग्राममा २ दिने निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर संचालन भएको छ ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले महिलाहरुको स्वास्थ्य भान्सासंग जोडिएको हुँदा अभान्सामा सुधार गर्न सके मात्र स्वस्थ परिवार अनि स्वस्थ समाज निर्माण गर्न सकिने बताउनुभयो।उहाँले तिलोत्तमा नगरलाई स्वस्थ तिलोत्तमा बनाउन सबै नगर बासीहरुले नियमित सरसफाई र चेकजांचलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो। शिविरमा पहिलो दिन १ सय १७ जना महिलाहरूले पाठेघरमा हुने क्यान्सरको स्वास्थ्य उपचार लिएको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का अध्यक्ष रमेश डुम्रेले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको आयोजनामा २ दिनसम्म संचालन हुने गरि निःशुल्क स्त्री रोग शिविर शुरु गरिएको बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउँदा संकास्पद ६१ जनाको स्वाब टेस्ट गरिएको स्त्रीरोग विशेषज्ञ तथा क्यान्सर विशेषज्ञ डा.आरती श्रेष्ठको भनाइ छ ।शिविरमा उपस्थित महिलाहरुले वडा मै यस्तो सेवा पाए पछि खुसी देखिन्थे।शिविरमा वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. आरती श्रेष्ठको नेतृत्त्वमा आएको चिकित्सक टोलीले भोलीपनि परिक्षण कार्य अघि बढाउने वडा सदस्य डायमण्ड गिरिले बताए।कार्यक्रममा वडा सदस्यहरु धर्मादेवी न्यौपाने, हरि पन्थ, प्रमिला सुनार,स्वास्थ्य निरिक्षक राम प्रसाद ढकाल, स्वास्थ्य शाखाका कर्मचारी, स्वयम् सेविका, टोल बिकासका प्रतिनिधी, स्थानिय वडा बासीहरुको सहभागिता रहेको थियो।तिलोत्तमा-५ स्वास्थ्य शाखाका प्रमुख गणेश भण्डारीको स्वागतमा शुरु भएको सो शिविरको संचालन वडा सचिव हरी खतिवडाले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्