लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिल्म ऊनको स्विटरको देश दौडाहा, मनछुने गीतसंगीत र कथाले दर्शक बढे

IMG

बुटवल। गत फागुनमा प्रदर्शन भएको ‘अञ्जिला’पछि शिथिल बनेको घरेलु बक्स अफिस अघिल्लो हप्ता (बैशाख २६ गते) प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ । सन्तोषजनक ओपनिङ गरेको फिल्मलाई दोस्रो हप्ताको सम्मुखसम्म दर्शकको उच्च साथ मिलेको छ । कामकाजी दिनमा समेत फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ । हाल देश दौडाहामा रहेको फिल्म युनिटले दर्शकको माया साथ् र फिल्मको शो माग गरेपछि फिल्मप्रतिको माउथ पब्लिसिटीले सफलताको सिढि चढिरहेको छ। 


बुटवल र भैरहवा आसपासका फिलम हलमा दर्शकले फिल्मको गीत संगीत र कथाले मन छोएको बताएका छन्।  बुटवलको क्यु एफ एक्स भाटभटेनी, क्यु बक्स आइ एन आइ सिनेमा , फ्रेन्ड्स सिनेमा, द्वारिका सिनेमा तथा मिलन चलचित्र मन्दिर र भैरहवाको काशी सिने प्लेक्समा दर्शकको टिका माग बढिरहेको छ भने हल पनि शो बढाउने गरि लागेको छ।  ‘ऊनको स्वीटर’प्रति दर्शकको आकर्षण हेर्दा यो नै यस वर्षको पहिलो हिट फिल्म बन्ने देखिन्छ । यद्यपि, यसका लागि फिल्मले अझै हलमा लामो यात्रा गर्नुपर्नेछ । किनकि, फिल्मको लगानी उठ्न मात्र ६ करोडमाथिको व्यापार आवश्यक छ । शनिबारसम्म फिल्मले ६ करोडमाथि कमाएको जनाइएको छ । पहिलो हप्ताजस्तै व्यापारिक रफ्तार रहेमा यो हप्ता फिल्मलाई दर्शक बटुल्न मुस्किल छैन ।


फिल्मले उत्साहप्रद व्यापार गरेपछि अब फिल्मको टिमले दोस्रो हप्ताबाट देशव्यापी भ्रमण सुरु गरेको छ । काठमाडौँ देखि पोखरा हुँदै बुटवल सम्म आएको फिल्म युनिट शनिबार फिल्महलमा दर्शक भेट्न पुगेको छ। निर्देशक चौहानका अनुसार दमौलीबाट भएको भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा उनीसहित कलाकारहरू विपिन कार्की, परीक्षा लिम्बू, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्