लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाका कर्मचारीको असामयिक निधनप्रति शोक विदा

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा कार्यरत कर्मचारी अमिन इश्वरी भण्डारीको देहावसान भएको छ। करिव ८ बर्ष देखि कार्यरत भण्डारीको उपचारको क्रममा काठमाडौँमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ। कर्मचारीको देहावसानमा नगरपालिकाले शोक बिज्ञप्ति निकाली शोक बिदा दिएको छ।


शुक्रबार प्रमुख प्रसासकिय अधिकृतनारायण अर्यालद्वारा हस्ताक्षरित शोक विज्ञाप्तिमा नगरपालिकामा कार्यरत कर्मचारीको सो घटनाको बारेमा दु:ख व्यक्त गरिएको छ। तिलोत्तमा-६ निवासी भण्डारी नक्सा शाखामा कार्यरत रहेका थिए भने उनि लामो समयदेखि उपचार गराइरहेका थिए।शोक बिदा अन्तर्गत आज शुक्रबार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा प्रबाह बन्द हुने पत्रमा उल्लेख छ। 



कमेन्ट गर्नुहोस्