
तिलोत्तमा। पछिल्लो समय सबैजसो स्थानमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही बायोमेट्रिक बिधिले आफुहरु ढुक्क रहेको बताउछन । पहिले फारम भर्ने अनि झन्झटीलो माध्यम थियो अहिले स्वाट्ट वडा कार्यालय गयो हातको औला राख्यो अनि नविकरण गर्यो– तिलोत्तमा–९ कि कृष्णवती तिवारीले खुसी हुँदै भनिन । आफु बिरामी पर्दा, नसक्ने हुँदा घरमै आएर नगरपालिकाको कर्मचारीले बायोमेट्रिक गरिदिंदा खुसी लाग्यो ।
त्यसो त बायोमेट्रिक बिधि आएपछि आफु बिरामी भएर काठमान्डू हुँदा समेत त्यहीबाट नविकरण गर्न पाउने खबर सुन्दा अचम्म लागेको तिलोत्तमा–२ निवासी चन्द्रकला न्यौपानेले बताईन । बिरामी भएको कारण वडामा साउन नलाग्दै गए, त्यती बेला नविकरण गर्न खुलेकै रैनछ ,उपचारको लागि काठमान्डू गए, मनमा बृद्ध भत्ता कै पिर लाग्थ्यो २ महिनासम्म डाक्टरले बस्न सल्लाह दिए अपरेशन भएकाले आउन सकिएन, पछि नगरपालिका फोन गर्दा जहाँ बसेपनी नविकरण गर्न मिल्ने भन्ने कुरा सुने...अनि नजिकको वडामा गएर नविकरण गरे– चन्द्रकलाले मुसुक्क हास्दै भनिन । नगरपालिकाको सहयोग र लगनशिलताले मेरो काठमाडौँ बसेरै नविकरण भयो । पछि म आफै आएर माघ अगाडी बायोमेट्रिक रुजु गरे..अहिले सरासर बैंक खातामा भत्ता आएको छ–चन्द्रकलाले खुसी हुँदै भनिन ।
त्यसो त तिलोत्तमा–१५ का सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले भत्ता नविकरण भयो भनेर ढुक्क ग्यारेन्टी भइने, पहिला पहिला फर्म भरेर पनि भत्ता नपाउने असजिलो हुने गथ्र्यो अहिले बायोमेट्रिक पछि दिइने निस्साले ढुक्क बनाउछ । आफु बसेको ठाउँमा नेपालभित्र जहा भएपनि सम्बन्धित आफु बसेको वडा कार्यालयबाट नविकरण गर्न सक्ने , नेपालभित्रै टाढाबाट आउन नपर्ने हुँदा एकदमै सजिलो लागेको तिलोत्तमा–१५ का एक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही.कुमार सिंह थापाले बताए ।
बायोमेट्रिकले भिडमा कमि गराएको र छिटो छरितो रुपमा नविकरण र रुजु गर्न पाएको तिलोत्तमा वडा नम्बर–१५ का वडा सचिव मान बहादुर खातीले बताए । निबेदन फारम भर्न नपर्ने र राष्ट्रिय परिचयपत्रको आधारमा नविकरण गर्न र हातको औलाले बायोमेट्रिक गर्दा अझ सहज भएको उनि बताउछन । त्यस्तै वडा नम्बर–१२ का सचिव तोयश्वर चौधरीले बायोमेट्रिक प्रबिधी एकदमै प्रभावकारी रहेको र नविकरण र नयाँ आउने लाभग्राही तथा रुजु गर्नुपर्नेहरुलाई समेत छिटो छरितो रुपमा काम गर्न सहज भएको भनाई छ ।
नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग मार्फत देशका सबै स्थानिय तहमा अहिले ईएफटी प्रबिधि र बायोमेट्रिक अनिवार्य गरेको छ । यसबाट भत्ता डबल नजाने, एउटै मान्छेको दुई ठाउँबाट भत्ता नजाने, नाम तथा अक्षर फरक पर्दा समेत भत्ता नजाने हुने हुनाले सरकारको पैसा चुहावट हुने समस्या टरेको पंजीकरण शाखा तिलोत्तमाका युवराज तिवारीले बताए । उनले बायोमेट्रिक मेसिन खरिद देखि यसको उपलब्धता बिभाग र स्थानिय तहले प्रबन्ध गरेकोले देशका ७ सय ५३ स्थानिय तहमा ३६ वटा स्थानिय तहमा पहिलो चरणमा यसको परिक्षण गरिएकोमा सफल भएको समेत बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सामाजिक सुरक्षाका लाभग्राहीहरुलाई मध्येनजर गर्दै ९० बर्ष माथिका र पुर्ण अशक्त अपाङ्गता भएकाहरुको लागि बायोमेट्रिक गर्नु नपर्ने तथा राष्ट्रिय परिचय पत्र नभए पनि भत्ता नविकरण गर्न मिल्ने हुँदा यसले बायोमेट्रिक गर्नेहरुलाई सहज बनाएको छ । त्यसो त हामीले यो आर्थिक बर्षबाट सामाजिक सुरक्षााका अति अशक्त बिरामी तथा वडा र नगरपालिका आउन नसक्नेहरुका लागि सचिव, नगरपालिकाका पंजीकरण शाखाका कर्मचारीहरु र जनप्रतिनिधि सहित घरघरमा पुगेर बायोमेट्रिक गर्ने काम सकाएका छौ, यसका लागि बजेट नीति तथा कार्यक्रममै राखेर थप सहज बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्