
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का स्थानिय क्षेत्रका दलित समुदायका युवायुवतीहरुलाई कानुनी सचेतनासम्बन्धी एक दिवसीय तालिम दिइएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा गीता मन्दिरको सभाहलमा सो कानुनी सचेतना एक दिवसीय तालिम सम्पन्न भएको हो ।
तालिममा व्यक्तिको परिवार तथा समुदायमा देखापरेको कानुनी अड्चन तथा भोगेका समस्याहरूसँग सम्बन्धित मुद्दाहरू अंशबण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको अपरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारकी सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जती, तथा स्थानीय पालिकामा रहेका न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरूलाई समेटिएर हरिजन महर्जन र संजय बिकले सहजीकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर-६ का गणेश पाठकले जातको आधारमा हिँसा गर्न नहुने र सबैको समाज निर्माण गर्न एकबद्ध भएर लाग्नु पर्ने बताउनुभयो। उहाँले यस तालिममा थाहा पाएका कानुनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्ठ्यारामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायिक समिति तथा तिलोत्तमा नगरपालिकामा उजुरी गर्न सक्ने बताउनुभएको थियो । सो परेको उजुरीको सम्बन्धमा तत्काल न्यायिक समितिले एक्सनलाई घटनाका संलग्नलाई कानुनी दायरामा ल्याउने तथा पीडितलाई न्यायको अनुभूत गराउन पहल गर्ने बताउनुभयो ।
सोही कार्यक्रमका स्वागत मन्तब्य राख्दै वडा सदस्य गीता गन्धर्वले युवा तथा युवतीहरुलाई कानुनको विषयमा जानकारी गराउँदा सानातिना मुद्दाहरू गाउँमै वा न्यायिक समितिमार्फत मेलमिलाप गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले दलितको मुद्धामा सबै मिलेर समाजलाई समतामुलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा वडा सदस्य पूर्ण प्रसाद आचार्य, सिता गौतम, गोविन्द रिजाल, सुन्दर टोल बिकास संस्थाका अध्यक्ष देवी प्रसाद न्यौपाने, आनन्दबन टोल बिकास संस्थाका अध्यक्ष छबिलाल भण्डारी, मधुबन टोल बिकास संथाका अध्यक्ष देवेन्द्र भट्टराई, पुर्व पहुनी टोल बिकास संस्थाकाअध्यक्ष सुना श्रीस,लगायतका वक्ताहरूले आफ्नो धारणा राख्नुभएको आयोजक वडाका सचिव कृष्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो कार्यक्रममा वडाका १ सय १० जना दलित युवायुवतीहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्