
तिलोत्तमा। मानवसेवा आश्रम र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समन्वयमा वैशाख २३ गते मंगलबार तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गर्ने तयारी भएको छ । सोमबार विभिन्न सरोकारवाला निकाय संग छलफल गरि सुझाव तथा प्रतिबद्धता समेत लिएको नगरपालिकाले मंगलबार एक भब्य समारोहका बिच सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गर्ने भएको हो।
कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्य सुरेन्द्र श्री, अन्य वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, वडा सदस्य एबम सरोकारवाला संघ संथाका प्रतिनिधिहरु मानवसेवा आश्रमका संस्थापक अधय्क्ष रामजी अधिकारी लागायतको उपस्थिति रहेको थियो। नगरले बिहान ७ बजे सो दिन प्रभात र्याली आयोजना गर्दै नगरपालिका परिसरमा भब्य समारोहका बीच सो घोषणा गर्ने बताएको छ।
मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले २०८२ सालभित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा यही वैशाख २३ गते तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गरिने मानवसेवा आश्रमले जनाएको छ ।
यता तिलोत्तमा नगरपालिकाले पनि उक्त घोषणा अभियानमा सहभागी हुन नगरपालिकाका सबैलाई अनुरोध गरेको छ ।सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मुक्त नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारिसकेको छ । सोही आधारमा टेकेर मानवसेवा आश्रमले २०८२ लाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियान सञ्चालन गरिरहेको छ।
कमेन्ट गर्नुहोस्