
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मागको आधारमा वडा नम्बर १७ का पशुपालक तथा कृषक परिवारलाई लागत सहभागितामा स्थानीय व्हाइट पेकिंन जातको हाँसको चल्ला वितरण गरेको छ। त्यस क्षेत्रका परम्परागत हाँस पालनलाई व्यवसायिक बनाउने र पोषण सुधार कार्यक्रम एबम हाँस प्रबर्द्धन कार्यक्रम अन्तर्गत स्वस्थ वडाबासी बनाउने उद्देश्यले स्थानीयलाई हाँसको चल्ला वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो। वडाका १ सय ४ कृषकलाई करिव २ हजार ८० वटा चल्ला बितरण गरिएको मगरले बताउनुभयो।
तिलोत्तमा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममै राखेर त्यस स्थानका कृषकलाई धान खेतीमा समेत हाँस पालन गर्ने गरि चल्ला बितरण गरिएको नगरपालिका का नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो। उनीहरुलाई स्थानीय जातको त्यसमा पनि मासु बढी हुने खालको हाँसको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइ बितरण गरिएको नगरप्रमुख खाणले बताउनुभयो।स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला र तिनीहरुलाई प्रथम चरणमा पुग्ने दाना समेत निशुल्क दीईएको नगर प्रमुख खाणले जानकारी दिनुभयो।
सो अवसरमा बोल्दै वडा नम्बर १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले ३ सय परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसले स्थानीयको जीवनस्तर उकास्न र यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ स्वाद दिन सकिने उहाँको भनाइ छ ।पछिल्लो समय स्वास्थ्यका हिसाबले पनि हाँसको मासु तथा अण्डाको माग बढ्दै गएको छ ।कार्यक्रममा वडा सदस्यहरु शोभा राना, सन्त बहादुर बस्नेत, रामकुमार लोनिया, स्थानिय कृषक तथा हाँस पालनका अभियन्ता डाक्टर दामोदर भुसाल, पशु डक्टर इन्द्रकला खत्री, प्राबिधिक गोबिन्द खनाल,त्रिविक्रम न्यौपाने लगायतले पन्छीमा सहज पालन र व्यवसायिक सफलताका लागि हाँस पालन निकै प्रभावकारी रहेको बताएका थिए।
कमेन्ट गर्नुहोस्