लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका पत्रकार पराजुलीलाई पितृशोक

IMG

बुटवल।चलचित्र पत्रकार संघ नेपाल रुपेन्देहीका कार्यसमिति सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य एबम उकेरा अनलाइनका पत्रकार बिकास पराजुलीलाई पितृ शोक परेको छ ।उहाँका पिता ५८ बर्षीय गुणनिधि पराजुलीको आज शुक्रबार निधन भएको हो। गुल्मीको अर्जे घर भई हाल रुपन्देहीको  तिलोत्तमा नगरपालीका-३ योगीकुटीमा उनी बस्दै आएका थिए ।


स्वर्गिय पराजुलीका २ छोरा छन्।उनको आजै तिलोत्तमा स्थित मगरघाटमा अन्तीम दाहसंस्कार गरिएको छ ।सो दु:खद खबरले आफुहरु निकै स्तब्ध भएको चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको शोक बक्तव्यमा उल्लेख छ।कार्यसमिति समेत रहेका पराजुलीका पिता रिटायर्ड शिक्षक तथा गुल्मी अर्जेमा समाजसेवीको नाममा परिचित थिए। शोक बक्तव्यमा पत्रकार सहकर्मीलाई परेको यो शोकको घडीमा शोकाकुल परिवारजनप्रती धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भने हार्दिक समबेदना ब्यक्त गरिएको छ। 


कमेन्ट गर्नुहोस्