लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ६ गोरकट्टामा टिप्परको ठक्करबाट महिला घाईते

IMG

तिलोत्तमा।दुर्घटना निकै बढ्दै गएको दुखान्त तथ्यांकलाई हेर्ने हो भने तिलोत्तमामा पनि दिनहु जसो घटना भैरहने गरेको छ। आजै दिउसो तिलो्तमा नगरपालिका वडा न ६ गोरकट्टामा टिप्परको ठक्करबाट साइकलमा यात्रा गरिरहेकी १ महिला घाइते भएकी छन ।


मणिग्राम पश्चिम गोरकट्टा सोलार नजिक लु१ख ५८४८ नम्बरको टिप्परको ठक्करबाट साईकलमा सवार तिलाेतमा-८ स्थित ४ नम्बर घर भएकी दिपा गैरे घाइते भएकि हुन्। उनको पेट र खुट्टामा असामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते महिला लुम्बिनी विशिष्टिकृत सहकारीमा कार्यरत रहेको स्थानीयले बताएका छन । घटना घटे लगत्तै घाइते महिला गैरेलाई उपचारको लागि नजिकैको क्रिमासन अस्पताल लगिएको प्रहरी स्रोतले बताएको छ। 

कमेन्ट गर्नुहोस्