लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा बेकरी सम्बन्धी बेसिक सिपमूलक तालिम सम्पन्न

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमाका महिलाहरुलाई नयाँ उद्यमी बनाउने उदेश्यले बारिस्ता र बेकरी सम्बन्धी सिपमूलक तालिम गराइएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा घरायसी काममा तल्लिन महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन सो बेसिक सिपमूलक दिइएको मेड्पा शाखा प्रमुख शान्ता विश्वकर्माले बताउनुभयो। भैरव फुड एण्ड बेभरेजको प्राबिधिक सहयोगमा भएको तालिममा  १७ जना महिलाहरु सहभागि रहेका थिए ।  


बैशाख ५ गतेदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका विच तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले समापन गर्नुभएको छ। सो अवसरमा बोल्दै नगर उपप्रमुख चौधरीले बेसिक कोर्ष सिकेकाहरुलाई उनीहरुको उद्यम कार्यकुशलताको आधारमा एडभान्स तालिमको व्यवस्था गरिने समेत बताउनुभयो। साथै उहाँले प्रशिक्षार्थीहरुले सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्दै नगरपालिकाले घरै चुलो,चौको र घरयासी काममा तल्लिन महिलाहरुलाई आत्मनिर्भर गराउन र उत्पादनसंग जोड्न यस्ता तालिमको आयोजना गरिएको  बताउनुभयो। 


कार्यक्रममा प्रशिक्षार्थी ज्ञानीसरा अधिकारीले तालिममा धेरै कुरा सिक्ने अवसर मिलेको बताउँदै आफुले छिट्टै बेकरिको घरेलु उद्योग संचालन गर्न योजना बनाएको बताउनुभयो। उहाँले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै त्यसलाई व्यवहारमा पनि लागु गर्ने बताउनुभयो। समापन कार्यक्रमा तिलोत्तमा नगरपालिका सामाजिक बिकास शाखाका बरिष्ठ सामाजिक परिचालिका अल्पा घिमिरे,प्राबिधिक प्रशिक्षक तालिम दिने संस्था भैरव ग्रुपका प्रजनन विक्रम पोख्रेलले भनाई राखेका थिए ।


तालिमको मुख्य प्रशिक्षकको रुपमा ललिजंग घर्ति मगर रहनुभएको थियो । तालिममा सहभागीहरुलाई समापन पछि प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने, प्रशिक्षार्थीहरुले आफुले बनाएका बेकरी आइटम मायाको चिनो स्वरुप दिएका थिए।सहभागीहरुले तालिममा कुकिज,डुनोट,पेस्टि,क्रिमपाउरोटी,बर्थ डे केक, मिनी केक, क्रिम रोल, समोषा, कप केक लगायतका बेकरी आइटम बनाएका थिए।   

कमेन्ट गर्नुहोस्