लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका प्रमुख प्रशासकीयसँग सपना,संघर्ष र सफलताको कथा: पशुपति कलेज

IMG

तिलोत्तमा।आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दक्षिण सिमामा रहेको यस क्षेत्रकै उत्कृस्ट कलेज पशुपति कलेजमा एक कार्यक्रममा प्रशासकसंग बिद्यार्थीले निसंकोच प्रश्नोत्तर गरे। बिद्यार्थी जिबनमा आइपर्ने सपना, त्यस बेलाको संघर्ष र त्यसपछि आउने सफलतालाई तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सुनाएपछि विद्यार्थीमा एउटा आशा जाग्यो।


देशमा केहि छैन, यहाँ केहि गर्न सकिन्न, विदेश नै हाम्रो जिन्दगीको यात्रा हो भन्नेहरुको पशुपति कलेजको सो कार्यक्रमले ध्यान अन्तै मोड्यो। पुरा हुने र पुरा गर्न सकिने सपना देख्न, त्यसका लागि संघर्ष गर्न र सफलता चाख्न नेपालमै सहज र प्रभावकारी हुन्छ भन्नेमा बिद्यार्थीहरु ढुक्क भए।प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफ्नो बिद्यार्थी जीवन, अध्ययन, जागिरे जिबन, र हालसम्मको कार्यशैलीमा आफु निकै संघर्ष गरेर आएको बताउनुभएको थियो। विद्यार्थीको प्रश्नोत्तरमा सामेल हुँदै अर्यालले करीव डेढ घण्टा बिद्यार्थीसंगै रहनुभयो।


प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाले बिद्यार्थी केन्द्रित धेरै कार्यक्रम बजेट नीति तथा कार्यक्रममा ल्याएको र विभिन्न स्वरोजगार र रोजगारीका लागि सहज हुने तालिम सिप र ज्ञान सम्बन्धी कार्यक्रम, रोजगार तथा उद्यम मेला, छोटो देखि लामो समयका सिपमुलक तालिम,उद्यमीहरुका लागि तालिम, छात्रवृत्तिका कार्यक्रमहरु निरन्तर अघि बढेको समेत बताउनुभएको थियो। उहाँले प्राथमिकताका आधार, गौरव र स्वर्णिमका आयोजना नगरपालिकाले शुरु गरेकोले जसबाट बिकास निर्माण र सहज सेवामा थप बल पुगेको समेत बताउनुभयो। 


तिलोत्तमा नगरपालिका सामाजिक बिकास समितिका संयोजक रवि सेन्चुरीले परिकल्पना गरेको शर्ट बहस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याललाई जिबन भोगाईका बारे सेन्चुरीले प्रशंसा गर्नुभएको थियो भने बिद्यार्थीहरुले आ आफ्ना र बिद्यालय र समाजका समस्यालाई प्रश्नको माध्येमबाट उजागर गरेका थिए। पशुपती डाइलक -२०८२ नाम दिइएको सो कार्यक्रममा प्राध्यापक जित बहादुर रासकोटी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विभिन्न पदाधिकारीहरु तथा शिक्षक एबम विद्यार्थीको सहभागिता रहेको थियो ।    

कमेन्ट गर्नुहोस्