
बुटवल।दोस्रो स्व. बबुवा दाइ स्मृतिमा आयोजना भएको खुला फुटसल प्रतियोगिताको उपाधि फुटसल फ्लेम चितवनले चुमेको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा आस्था समुहको आयोजनामा शनिबार लुम्बिनी फुटसल एरिना योगिकुटीमा भएको फाईनलमा देवदह ब्याईजलाई ५-० गोलले पराजित गर्दै फुटसल फ्लेम चितवनले उपाधि चुमेको हो । उपाधिसंगै विजेता टिमले नगद ७० हजार, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता टिम भने नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगितामा बेष्ट प्लेयर चितवनका उज्वल बिष्ट, बेष्ट गोलकिपर चितवनका सुरज गुरुङ तथा प्रतियोगिता अवधिमा १५ गोल गरेका देवदहका भुवन गाहा हाईस्कोर घोषित हुदै पुरस्कृत भए।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसीले कार्यक्रमको उद्घाटन गर्दै स्वर्गीय मंक्सुद अलि बबुवाको जिवनी स्मरण गर्दै सामाजिक र खेलकुद क्षेत्रमा गरेका योगदान बताए। लागुअौषध बिरुद्धको अभियानमा स्वर्गीय बबुवाबाट महत्वपुर्ण शुरुवात भएको उनले बताए।एक समारोहका बिच अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, समाजसेजी वसन्त सिह थापा, रुपन्देही जिल्ला फुटबल एकेडेमीका प्रशिक्षक पुकार गहतराज, प्रशिक्षक दिलिप क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे। दुई दिनसम्म संचालन भएको प्रतियोगितामा ३२ टिम सहभागी रहेका आस्था समुहका अध्यक्ष केशव बहादुर पुनले बताए।
कमेन्ट गर्नुहोस्